
दक्षिण काेरिया मार्सलाट हाे हप्किडाे दाेस्राे बिश्व युद्धको कारण क्षेत बिक्षेत अवश्था रहेको र बिभिन हत्या हिंसा चाेरि डकैती लगायत जघन्य महिला हिंसाको कारण आत्मरक्षाकाे लागि सुरु गरेकाे हप्किडाे अहिले बिश्व भर खेलेने खेल बनेकाे छ। नेपालमा बि सं २०६४ सल बाट बझाङ बाट खेल्न सुरु गरेपनि यसकाे आधिकारिक सुरुवात अर्थात राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरेर भने बि सं २०७३ सुरु गरेकाे खेल हाे नेपालले धेरै पटक सहभागी भयपनि अहिले सम्म कुनै उपाधि हात पार्न सकेकाे थियन तर याे साता उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि आयोजना भएको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा भने १ स्वण र २ कास्य हात पारेकाे छ ।

नेपालको प्रतिनिधित्व गर्दै नुवाकोट बेलकोट्गढीका प्रविण गुरुङ ले नेपाललाई कास्य पदक दिलायकाे छ ।हाप्किडो राष्ट्रिय खेलाडी प्रविण गुरुङ ले पुरुष तर्फ ७० केजि तौल समूहमा कास्य पदक प्राप्त गरेका हुन । अन्तर्राष्ट्रिय हाप्किडो मास्टर सेमिनार मा समेत सहभागी भयकाे थियाे (सेमिनार २९-३० जुन मा सप्पन्न ) नेलाल,भारत,चिन,जापान ,माल्दिस ,अफगानिस्तान ,उज्केस्तान,पाकिस्तान,उ.काेरिया द.काेरिया सहित २६ राष्ट्र सहभागी भएको खेलमा १ स्वार्ण सहित २ कास्या पदक हात पारेकाे छ उक्त च्याम्पियनसिप जुलाई 1-2 मा भएको खेलमा उनले नेपालीको लागि सो पदक हात पारेका हुन् ।
हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो ।गुरुङ विगत १ दशक देखि खेलकुदमा सक्रिय रहेको छ। साथै नेपाल मार्शल आरर्ट्स हाप्किडो संघ केन्द्रिय प्रमुख सहायक प्रशिक्षक तथा नुवाकोट जिल्ला हाप्किडो संघ को मुख्य प्रशिक्षक समेत रहेका गुरुङले नुवाकोट का विभिन्न विद्यालयहरुमा नियमित हाप्किडो खेल सञ्चालन तथा प्रशिक्षण गराई रहेका छ।
यसै गरि नेपालको लागि महिला तर्फ विजया कुमारी वाइवा ले १ स्वर्ण र पुरुष तर्फ प्रविण गुरुङ ७० केजि र गुमान घर्तिमगर ले ६०-६५ केजि तौल समुह मा कास्य पदक प्राप्त गर्न सफल भएको हो। नेपाले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेपछि प्रशिक्षक भुवन बुढा मगरले खुसी व्यक्त गर्नु भयो।
नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका समेत अध्यक्ष काली बहादुर घर्तीमगर को नेतृत्वमा ७ सदस्य टोली मंगलवार उज्जेकिस्तान प्रस्थान गरेको थियो । अध्यक्ष घर्ती मगरले यदि नेपालमा यदि फुटबल,किर्केट,भलिबल लगायत खेलहरुमा जसरि सरकारले लागानि गरिरहेकाे छ त्यसरि हप्किडाे मा लगानि गर्ने हाे भने अज धेरै स्वार्ण कास्य र रजक पदक जिताउने दाबि गर्नु भयाे साथै खेलाडीलाई हैसलाकाे रुपमा राज्य काे तर्फबाट व्यवस्थापन काे साथै खेल आयाेजना भयकाे देशहरुमा आउने जाने व्यवस्थापन गर्ने हाे भने खेलाडीको मनाेभावना समेत बढ्ने बताउनु भयाे
प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी थिइन।


