दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राजीव र मनीतालाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २५ गते, शनिबार १७:०८

काठमाडौ ।राजीव महर्जन र मनीता सुनुवारले ओलम्पिक डेका अवसरमा आयोजित खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । खेलातर्फ सिंगल्सको पुरुषमा राजीव र महिलामा मनीता पहिलो भएका हुन् ।
नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनको तत्वावधानमा गोड स्पिन टेबलटेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मुकेश महर्जन दोश्रो तथा प्रवीण शाक्य र निश्चल वज्राचार्य तेश्रो भए । महिलामा अंकिता वज्राचार्य दोश्रो तथा श्रेया आचार्य तेश्रो बने ।
भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि राजीव महर्जन पहिलो, मुकेश महर्जन दोश्रो तथा किरणमुनि वज्राचार्य र निकेनमान प्रधान तेश्रो भए । भेट्रान सिंगल्सकै पुरुष ५० वर्षमाथि किरण ब्यञ्जनकारले स्वर्ण तथा रोशन शाक्यले रजत जितेको टेबलटेनिस प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु