
दुबई । युएईमा लामो समयदेखि अलपत्र परेका लाशहरु निःशुल्क नेपाल लैजाने पहल शुरु भएको छ । खासगरि युएईमा विभिन्न कारणले अलपत्र परेका, नेचुरल डेथ भएका, सुतेको स्थानमा सुतेको सुतेकै भएर मृत्यु भएका या अन्य कुनै कारणले मृत्यु भएकाको लाश नेपाल पुर्याउने पहल शुरु गरिएको हो । वर्षदेखि यहाँ अलपत्र परेका शवहरु नेपालका दिग्गज व्यवसायी दुर्गा प्रसाईको पहलमा आफन्तहरु सम्म पुर्याइदिन थालिएको एनआरएन दुबईका युवा संयोजक भिम मल्ल ठकुरीले बताए ।
व्यवसायी प्रसाईंले दुबईमा मेडिकल कलेज खोल्ने निर्णय गरे लगत्तै दुबई पुगेका प्रसाईलाई यहाँ मृतकका आफन्त तथा नजिकका मानिसहरुले मृतकको लाश समेत नेपाल पुर्याउन नसकेको भन्दै हारगुहार गरेपछि लावरिस रुपमा रहेका यस्ता लाशहरु नेपाल पुर्याउने पहल थालिएको मल्लले बताए । यसक्रममा १६ वटा शब तत्काललै नेपाल लैजाने तयारी भैरहेको उनले भने । प्रसाईको यस्तो सामाजिक कार्य ढुङ्गा खोज्दा देउता भेटिए सरह भएको आफन्तले बताएका छन ।
प्रसाईको यस्तो मानविय कार्यका लागि ठकुरीको साथै कमल जि. सि, रिजवन अलाम र बिष्णु गिरी लगायतका युवाहरु लागि परेका छन । यस्तो मानविय सामाजिक कार्यका लागि प्रसाइले देखाएको मानवता तथा उदारताका लागि उक्त टिमको साथै सम्पुर्ण नेपालीको तर्फबट उनीहरुले धन्यवाद दिएका छन ।
सम्पर्क नम्बरहरुः
विष्णु गिरी: +971564891262
जिवन सिँह ठकुरी: +971564558563
भिम मल्ल: +971501090844


