दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चुल्बुल चुल्बुल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २६ गते, आईतवार ८:२४

शिव अधिकारी

चुल्बुल चुल्बुल युग लहरमा व्योम चम्के सरीछ
हामो खुल्दा रहर मनको चप्प भै टासिएछ
साच्चै यौट कुलु कुलु मुना ताज झै हुकिएको
देख्छु ताजा प्रकटित युवा राज गर्दै गरेको ।। १ ।।

लड्क्यो शोभामय सकल त्ये केस राशी सरक्क
पड्क्यो यौटा युग गगनमा चाड रस्मी तरक्क
बोल्दा झर्छन मृदुल तहको मद मस्तिस्क खोली
के लुकाई मनभरि लिदै आउँदै छौ की चेली ।। २ ।।

मैलो फालि सुगठित हुँदै लोभ लाग्दी बनेर
खोतल्दै छौ सरस मनको भाव सारा उनेर
चम्के झै छौ चमचम गरि चन्द्रमा यो निशिमा
तारा जस्तै झिलिमिलि बुटा चम्किदै छन कटिमा ।। ३ ।।

खोली तर्दा दिल तरलता छल्किदै पूर्ण हुन्छ
सोभा हाम्रो युग मधुरिमा पिउदै तृप्त बन्छ
यौटै बाटो सहज सबको शारदे खोलिद्यौन
तिमै्र जस्तो झललल टिका शिरमा लाईद्यौन ।। ४ ।।

मान्छे देश छरपट कतै दुःखमा पिल्सिएका
छाया देख्छु गभिर मनको भावना कोरिएका
आखा भित्रै सहज धरणी कल्पिद्यौ लेखनीमा
प्यारो लाग्ने मधुर धुनमै खेलिद्यौ आगनिमा ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु