घाटमा त्यस दिन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २८, मंगलवार ०७:२८

देवु पराजुली

म मेरै मलामी हुने छु
आफ्नै मृत्युमा रुने छु।
मेरा आफ्ना जनहरु,
मेरा साथीहरु ,
मलाई सान्त्वना दिने छन्।
मेरो वरी परी वसेर
मेरो मृत्यु शोक
म संगै बाड्ने छन्।
मेरा सत्कर्मको वर्णन गर्ने छन्
म संगको अन्तिम भेट संझने छन्।
मलाई मेरै कुरा सुनाएर मख्ख पार्दै
मेरो मन बहलाउने छन्।
मेरो चितामा
म जल्दै गरेको हेरेर
म आफै रुनेछु।।
म संझने छु
मेरा झुटाकुरा, झुटा आश्वासन, बेईमानी र कमजोरी।
जिवन जिउदाको असन्तुष्टीले
मलाई आगोले भन्दा बढी पोल्ने छ।
कसै संग सेयर नगर्ने मेरो अभिमानले मलाई धिक्कार्ने छ।
म निरिह
मेरै जलीरहेको लास हेरेर टोलाउने छु।
सोच्ने छु
कास!! यो विवेक पहिल्यै आएको भए।
जिवन जिउन नजानेर सधै दु:खी म
मरे पछि पछुताउने छु।
त्यस दिन घाटमा
बल्ल म जिवन बुझ्ने छु।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु