आउ दरिलो बनि भानुको संझना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २९, बुधबार ०७:५३

शिव अधिकारी
विहानी नवरंगमा हिमगिरि देखिन्छ यै धर्तिमा
गुराँसे बन रक्त रंञ्जित बन्यो हिमालको काखमा
झर्नाले पहरा सजाउँछ सधै झल्केर चाँदी सरी
भानु श्लोक बनेर गुञ्जिरहने भाखा बन्यो आखिरी ।। १ ।।
हो रामायणको कथा सुरसिलो गाउन सक्ने गरि
भानुको नव सिर्जना घर घरै गुञ्जिन्छ कण्ठै भरि
मेला पात गरेर गोठ टहरा जे जे बनाए पनि
यै भो श्लोक थकाई मेट्न सजिलो गाईन्छ छाया मनि ।। २ ।।
पोखिएछ कटाक्ष बन्दी गृहमा बस्दा पनि श्लोकमा
भोली मात्र भनि रहन्छ किनहो ढिला छ निसाफमा
त्यस्तो प्रबृतिको प्रशासन पनि पर्खाल पक्का छ यो
शिक्षा यो छ बुझेर साशन गरे न्याय हुने नै थियो ।। ३ ।।
कस्ले बुझ्छर दुःख कस्ट जनको सम्बृद्ध छन साशक
उन्कै सान रवाफ बल्झिन पुग्यो लाग्दैछ यो सक्सक
यस्तो दुःख पनि बुझेर कसरी लेख्थे कि भानु भए
यो पिडा अति कष्ट साध्य छ सधै कटाक्ष गर्ने थिए ।। ४ ।।
यस्ता भानु उदित घाँसीहरुको पीडा पखाल्ने गरि
आफैँ केही गरौ भनेर उनले संझेर मन्दोदरी
जागे राम घमण्ड तोड्न सहजै गो रावणैको जुनि
अत्याचार समाप्त गर्न तिमी नै अउँ दरिलो बनि ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु