दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीतकार नबराज कौडाल को आधुनिक गित “तिमि सँग ” सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ३१ गते, शुक्रबार १९:४३

मनिशा अर्याल ,काठमाडौ ।

गीतकार,रचनाकार र लेखक दुर्गानीधि कौडाल (नवराज) को गजल गीत “तिमि सँग” बोलको सांगीतिक बजारमा ल्याएका छन् ।

कौडालको रचना रहेको साथै निर्देशक दिप गुरुङ ,द्वारा निर्देशित आधुनिक गजल ‘तिमि सँग ’ बजारमा आएको छ । उक्त आधुनिक गजलमा डा.श्यामसुन्दर चौधरीको स्वर र संगीत रहेको छ ।

उक्त गजलको अरेन्ज तथा रेकर्डिङ रविन दर्शनधारी अल्फा स्टुडियो छाउनीले गरेको छ, भने यसको निर्माण निर्देशक दिप गुरुङ द्वारा गरिएको छ । सोही गित को छायांकन चितवन्, बुटवल र लुम्बिनीमा गरिएको छ।

दिप गुरुङको निर्देशन रहेको सोहि गीतम छयाङ्कन मधुर बस्नेतले गरेका छ्न । गितको सम्पादन भने मेख बहादुर थापाले गरेका हुन।उक्त गीतको भिडियोमा लायोन जोशि र दिपशिखा गुरुङलाई देख्न सकिन्छ ।उक्त गीतको भिडियोले दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका निर्देशक गुरुङ बताउछ्न्।
सोहि गीत दिप गुरुङ्को आफ्नै युटुब च्यानलमा बाट रिलिज भएको हो

टोखा न पा ३, काठमाडौं घर भई हाल अध्ययनको शिलशिलामा साईप्रसमा रहेका कौडालले सांगीतिक क्षेत्रमा पनि पाईला चालेका छन् । यस अघि उनको रचनामा आधुनिक गजल ‘भन्छन् नि दुनियाँले’, रोईला गीत ‘चलुबुले’ र लोकतथा आधुनिक गीत ‘मर्म’ बजारमा आईसकेको छन ।

यस अघिको गितलाई दर्शक तथा श्रोताले निकै मन पराउनु भएको कारणले आफुलाई गित रचना गर्ने हौसला मिलेको गितकार कौडालले बताउनुहुन्छ।

साईप्रसमा पढाईसँगै रोजगारीलाई पनि अगाडी बढाई रहेका कौडालले पढाई र रोजगारीबाट निस्केको समय गित रचना र पुस्तकको लेखनीमा र विभिन्न कोन्फेरेन्समा भाग लिने र आफ्नो विषयमा तालिमहरु अनलाइन बाट प्रस्तुत गर्नी गर्दछ्न।

कौडालले यस अघि नेपालमा हुँदा कक्षा, ८, ९ र १० को लागि अंग्रेजी निबन्ध र व्याकरण, कक्षा ११ र १२ को अंग्रेजी सहायक र विएड अङ्र्ग्रेजिका पुस्तकहरु समेत प्रकाशन गरिसकेका छन् ।

कौडालले अंग्रेजी शिक्षण तालिम र विभिन्न परामर्शदाता कम्पनीमा परामर्शदाताको रुपमा अनुभव हासिल गरिसकेका छन् ।

कौडाल गीतकार, गजलकार, रचनाकार, लेखक, साथै पत्रकार पनि हुन्। उनिले बिभिन्न अन्लाईन  न्युज र पत्रपत्रीका मा सम्पादकीय को रुपमा काम गरिसकेका छ्न र रिपोर्टरको काम गरिरहेका छ्न्।

अब कौडालको शब्द रचनामा तीज गीत , रोइला , झ्याउरे , लोक गीत साथै अरु आधुनिक गीतहरुको रेकडिङ सकिसकेको र भिडियो को तयारीमा रहेको र केहि भिडियो भने साइप्रसको बिभिन्न ठाउँमा छायांकन गर्ने  योजना रहेको जानकारी गराउनु भयो।

साथै आउदो दिनहरुमा साइप्रसमा भएका कलाकार हरुलाइ पनि समेटेर लाने जानकारी दिनुभएको छ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु