तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ऋत र ग्रान्डीलाई हेराल्ड कप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ३१ गते, शुक्रबार २०:२१

काठमाडौ ।ऋत एकेडेमी र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेश्रो हेराल्ड एसइइ कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ऋत ब्वाइज तथा ग्रान्डी गल्र्समा पहिलो भए ।
बसुन्धारास्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा ऋतले बलर्स एकेडेमीलाई २०–८ ले पराजित ग¥यो । ओजीएमले हेराल्डलाई १०–८ ले हराउदै तेश्रो भयो ।
गल्र्सको उपाधि भिडन्तमा ग्रान्डीले बलर्स एकेडेमीलाई ७–५ ले पाखा लगायो । इन्साइट भिजनलाई ४–२ ले पन्छ्याउदै भ्याली पब्लिक तेश्रो बन्यो । दुवै समूहमा शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे ।
ब्वाइजमा ऋतका जेबिश मगर तथा गल्र्समा ग्रान्डीकी दिया गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १ हजार ५ सय नगद पुरस्कार पाए ।
विजेतालाई हेराल्डका अध्यक्ष नारायणप्रसाद उपाध्याय, एचआर डाइरेक्टर कपिल ज्ञवाली, सिफ्ट इन्चार्ज मदनप्रसाद फुयाँल र राजेश अर्याल, एकेडेमिक को–ओर्डिनेटर दिपेन्द्र पुडासैनी, हेराल्ड स्कुलका भाइस प्रिन्सिपल त्रिलोचन शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा २० गरी १ सय ४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु