दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ऋत र ग्रिनल्यान्ड सेमिफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार ३२ गते, शनिबार २०:२९

काठमाडौ ।ऋत एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड ‘बी’ प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्ट मावि र कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ऋत ‘ए’ ले महामञ्जुश्रीलाई १०–८ ले पराजित ग¥यो । ग्रिनल्यान्ड ‘बी’ ले न्यु जेनिथ ‘ए’ लाई ८–७ ले हरायो ।
मनमैजुस्थित आयोजकको कोर्टमा भइरहेको प्रतियोगितामा नवज्योति र न्यु जेनिथ ‘बी’ ले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
नवज्योतिले ऋत ‘बी’ लाई ७–४ तथा न्यु जेनिथ ‘बी’ ले लालीगुराँसलाई ८–७ ले पाखा लगाए । सेमिफाइनलमा नवज्योतिको भेट न्यु जेनिथ ‘बी’ संग हुनेछ भने ऋत ‘ए’ ले ग्रिनल्यान्ड ‘बी’ को सामना गर्ने छ ।
प्रतियोगिताको एन्जल्स हार्ट कलेजका प्रिन्सिपल दिलबहादुर बुढाथोकीले एक कार्यक्रमबीच उद्घाटन गरे । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विजेता, उपविजेता र सहभागी टिमका खेलाडीलाई एन्जल्स हार्टमा छात्रवृत्तिको पनि व्यवस्था छ । आइतबार सम्पन्न हुने नकआउट प्रतियोगितामा ६६ टिम सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु