दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पर्यटनमन्त्री श्रेष्ठसँग नाइजेरियाका राजदुतको सुलेको शिष्टाचार भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १ गते, आईतवार १६:१८

१ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदुत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवर्द्धनका विषयमा विचारविमर्स भयो । मन्त्री श्रेष्ठले प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि आकर्षक गन्तव्य रहेको बताउनुहुँदै पर्वतारोहण, पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउने गरेको बताउनुभयो ।
कोभिड महामारीको असर कम भएपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनको योजना अघि बढाइएको उहाँले बताउनुभयो। प्राकृतिक, आर्थिक र सांस्कृतिक विविधतामा उस्तै रहेका नेपाल र नाइजेरियाबीच अनुभव आदन प्रदानबाट एकआपसमा लाभ लिन सकिने मन्त्री श्रेष्ठले बताउनुभयो । प्रकृति र संस्कृतिलाई पर्यटन समृद्धिको मुख्य आधारको रुपमा लिएका नेपाल र नाइजेरिया दुवै मुलुकबीच पर्यटन क्षेत्रको साझेदारी गर्न तयारी अघि बढाउनेबारे पनि उहाँहरुबीच छलफल भएको थियो । पर्यटन क्षेत्रमा हुने साझेदारीले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने राजदुत सुलेले बताउनुभयो ।
मन्त्री श्रेष्ठले नेपालमा रहेर नाइजेरियन खेलाडीहरुले फुटबल खेल्ने गरेको बताउनुहुँदै खेलकुदले पनि दुई देशको सम्बन्ध विकासका साथै पर्यटन विकासका सहयोग गरेको बताउनुभयो । भेटमा मन्त्रालयका सचिव महेश्वर न्यौपाने र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । भारतको नयाँदिल्लीमा आवाशीय राजदुतका रुपमा रहनुभएका सुले नेपाल सहित बंगलादेश र श्रीलंकाका लागि गैरआवाशीय राजदुत हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु