दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

न्यु जेनिथलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १ गते, आईतवार १७:१७

काठमाडौ ।न्यु जेनिथ ‘बी’ ले प्रथम एन्जल्स एसइइ कप थ्री अन थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्ट मावि÷कलेजको कोर्टमा भएको फाइनलमा न्यु जेनिथ ‘बी’ ले ऋत एकेडेमीलाई १८–१५ ले पराजित ग¥यो । विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाए ।
आइबारै भएको सेमिफाइनलमा न्यु जेनिथ ‘बी’ ले नवज्योतिलाई ९–६ ऋतले ग्रिनल्यान्ड ‘बी’ लाई १५–९ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।
न्यु जेनिथ ‘बी’ का अमृत भट्टराई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई समाजसेवी बाबुराम पौडेल, एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनका प्रा.लि. का अध्यक्ष लीलबहादुर पुन, प्रा.डा. लोकेन्द्रबहादुर शेरचन, एन्जल्स हार्टका निर्देशक यमबहादुर छन्त्याल, एन्जल्स हार्ट माविका प्रिन्सिपल धनबहादुर पुनलगायतले एक कार्यक्रमबीच पुरस्कृत ।
दुईदिने प्रतियोगितामा ६६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । एन्जल्स हार्टमा प्लस टुमा अध्ययन गर्न चाहे विजेतालाई १०० प्रतिशत, उपविजेतालाई ७५ प्रतिशत र सहभागी टोलीलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु