सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

फेरि बढ्दै कोरोना संक्रमण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ३ गते, मंगलवार ०८:०३

काठमाडौं, साउन ३ । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ ।

पछिल्लो दुई दिनमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । संक्रमणमध्ये आधाभन्दा बढी संक्रमित काठमाडौंमा देखिएको छ । यसबाहेक भारतीय सीमानाकाबाट आउनेमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार एकै दिन ४ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको २ हजार ३ सय ४१ पीसीआर र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षणक्रममा ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, एकै दिन ४८ संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ । सो अवधिमा एक संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ पुगेको छ । देशभर हाल १ हजार ७ सय ७६ सक्रिय संक्रमित छन् ।

१ हजार ७ सय १ होमआइसोलेसनमा रहँदा ७५ संक्रमितलाई संस्थागत आइसोलेसनमा राखिएको छ । १५ जनाको आईसीयूमा उपचार भइरहेको छ । आईसीयूमा रहेका १५ मध्ये १ जनालाई भेन्टिलेटरमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) सोमबार १७ प्रतिशत नाघेको छ । संक्रमण दर तीव्र वृद्धि हुन थालेपछि महामारी जोखिम पनि बढेको छ । गत १ असारयता निरन्तर कोरोना संक्रमण दर बढ्नेक्रममा छ । राजधानी दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु