
३ साउन, काठमाडौं । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलाको ९३ हजार ८०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन तोलाको ९३ हजार ३०० रुपैयाँमा कारोबार हुँदै छ ।
चाँदीको मूल्यमा भने तोलामा पाँच रुपैयाँले कमी आएको छ । आजका लागि चाँदीको मूल्य तोलाको एक हजार १६० रुपैयाँ तोकिएको छ । सोमबार तोलाको एक हजार १६५ रुपैयाँ कारोबार भएको थियो ।


