दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संघर्षले खारिएका एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी सफलतासँगै समाजसेवामा समर्पित, युवा पुस्ताका लागि आइडल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ५ गते, बिहीबार १०:३४

मलेसिया –स्वदेशमा अवसर नपाएर परदेशको उडान भर्ने नेपालीहरूको संख्या हाल दैनिक धेरै ठूलो छ । जन्मभूमि छोडेर विदेशमा जानुपर्ने नेपालीको रहर नभई बाध्यता बनेको छ । यो बाध्यता अहिलेदेखिको भने होइन्, यसको इतिहास धेरै लामो छ । नेपालीहरू अनेकौं परिस्थित र संयोगले विदेशमा पुगेका छन् । त्यसमाथि परदेशी जीवन त्यति सजिलो कहाँ हुन्छ र धेरैले आफ्नो जीवनको महत्वपूर्ण सयम विदेशमा पसिना बगाएरै बिताएका छन् । तर, त्यही कठिन परिस्थितमा पनि केही नेपाली युवाहरु भने बिदेशमा पनि चम्किरहेका छन । आफ्नोसँगै नेपालको पहिचान पनि झल्काइरहेका छन् । यसैमध्येका एक हुन्, पर्वतको लुङ्खुदेउरालीका नारायण अधिकारी ।

पर्वतकै बुद्ध प्रा.विमा कक्षा ५ सम्म र श्री महेन्द्र ज्योति मा.वि.बाट एसएसली उत्तीर्ण गरेका नारायणले चितवनको बालकुमारी क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पूरा गरे । पढाइमा अब्बल उनलाई आफ्नो योग्यता र उमेर बढ्दै जाँदा चितवन सानो लाग्न थाल्यो, अध्ययन सँगै व्यापार गर्ने योजना बनाएर सन २००३ मा काठमाडौँ हिँडे । राजधानी छिरेर उनले सुरूमै ‘बिजनेस प्रमोसन’ गर्ने भन्दै एक कम्पनी खोले । तर, सोचेजस्तो भएन । कम्पनी घाटामा गयो, शङ्करदेव क्याम्पसमा भर्ना भएर अध्ययन पूरा गर्ने सपना पनि उनको तुहियो । त्यसपछि नारायणलाई अष्ट्रेलिया जाने र उतै पढेर जम्ने रहर लाग्यो । उनी सन २००४ मा अष्ट्रेलिया उडे ।

नेपालमा हन्डरै–हन्डर खाँदै अष्टेलिया पुगेका नारायणको जीवनमा अर्को बज्रपात आइलाग्यो, उनले पढ्दै गरेको कलेज कालोसुचीमा प¥यो र पुगेको ६ महिनामै बन्द भयो । त्यति हुँदा पनि उनी आत्तिएनन्, आत्मविश्वास पनि गुमाएनन । उनी अर्को सम्भावनको खोजीमा त्यतैबाट सिंगापुरतर्फ लागे । ‘नेपालमा कोसिस गरेको हो तर सोचेजस्तो नभएपछि अस्ट्रेलिया गएको थिएँ तर त्यहाँ झन समस्यामा परियो । एउटा सुन्दर सपना सजाएर विदेशिएको थिएँ, नेपाल फर्किनँ, पढ्नकै लागि सिंगापुर हानिएँ,’ नारायणले जनसवाल राष्ट्रिय दैनिकसँग आफ्नो विगत सुनाए ।

नारायणले सिगांपुरबाट स्नाकोत्तर तहको अध्ययन पूरा गरे । त्यसपछि त्यहाँ रहेका नामी होटल तथा रेष्टुरेण्टमा वेटरको काम सुरू गरे । पछि उनले काम गर्दै आएको मरिनाबेससेन ग्रुपले चलाएको एक बारको म्यानेजर भए । कलिलो उमेरमा म्यानेजर बनेर सफलताको स्वाद चाखिसकेको उनी आफ्नै कामबाट चकित बन्दै गए, उनको आत्माविश्वास बढ्दै गयो । त्यहाँसम्म आउँदा नारायणलाई अवसरले पछ्याउन थालिसकेको थियो । सिगांपुरमा जमिरहेकै बेला उनलाई सन् २००७ मा मलेसिसयाको ओलिभ ट्री ग्रुपबाट राम्रो अफर आयो । उनले मलेसियाको उक्त ग्रुपमा म्यानेजरका रुपमा काम गर्न थाले । त्यो ग्रुपमा मलेसिया भरिमा २२ वटा आउटलेट थिए ।

त्यहाँ काम गर्दै गरेका बेला उनलाई अर्को त्योभन्दा पनि राम्रो अवसर आयो । भारतको नाम चलेको डिपल्स ट्राभल्सबाट अफर आएपछि उनले मलेसियामा गर्दै आएको उक्त काम छाडेर ट्राभल्समा काम गर्न थाले । सिंगापुर, मलेसिया, इन्डोनेसिया र बैंककको टुर गाईड इन्चार्ज भएर १ वर्ष काम गरे । उनी त्यहाँ पनि उत्तिकै जमिसकेका थिए । मलेसियामा पहिला काम गरेको ओलिभ ट्री ग्रुपबाट उनलाई क्षेत्रीय एरिया इन्चार्जको अफर आयो, उनी फेरि उतै लागे । जोहोरबारु क्षेत्रको ग्रुप म्यानेजर रहेका उनको अन्डरमा अहिले ७० जना भन्दा बढी कर्मचारी रहेका छन् ।

काठमाडौंमा असफल भएर विदेश हानिएका नारायणले आज यो दिन आउँला भनेर कल्पना पनि गरेका थिएनन । सिंगापुरका नामी होटलमा काम गर्नु, संसारभरका पर्यटक घुमाउनु अनि मलेसियाको पर्यटकीयस्थल जोहोरमा नाम चलेकै बारहरुको ग्रुप म्यानेजर हुनु नारायणको लागि चानचुने कुरा होइन । यति ठूलो सफलता भने उनले सानो मेहनत र धैर्यताबाट मात्रै पाएका होइनन ।

‘नेपालमै केही गर्छु भन्दा खाएको हन्डरै–हन्डर र ठक्करै–ठक्करले आज यहाँसम्म पुरयाएको छ उनलाई । अहिले पनि नेपालमै केही गर्छु भन्ने मनमा छ, धेरै योजनाहरु छन्, हेरौं अब के हुन्छ,’ मलेसियामा जनसवाल राष्ट्रिय दैनिकसँग कुराकानी गर्दै नारायणले भने । कलिलो उमेरमै विदेशी भूमिका आफ्नो प्रभुत्व जमाउन सफल नारायण मलेसियामा रहेका नेपालीहरु मध्येका एक आइडल हुन ।

होटलको वेटरदेखि म्यानेजरसम्मको अनुभव बटुलेका नारायणको सोचाइ पनि बेग्लै छ । नारायण समाजसेवामा पनि उत्तिकै तल्लीन हुन्छन । पहिल्यैदेखि समाज सेवामा लिप्त नारायणले समाजसेवाकै लागि लक्ष्मी फाउण्डेसन नामक एक संस्था खोलेरै समाजमा सहयोग गदै आएका छन । सन् २०१७ मा समाज सेवालाई अघि बढाउनकै लागि उनले लक्ष्मी फाउन्डेसन खोलेका हुन । सो फाउन्डेसनमार्फत् उनले पर्वतमा आफूले पढेका दुईवटा विद्यालयमा पुस्तकालय खोलेका छन् । त्यसैगरी उनले नेपालमा विपन्न परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयमा शैक्षिक सामाग्रीहरु पनि वितरण गर्दै आएका छन् ।

त्यति मात्रै नभएर नारायणले मलेसियामै समस्यामा परेका नेपालीहरुको पनि उद्धार गर्दै आएका छन । आफ्नो व्यस्त समयलाई मिलाउँदै नारायणले दैनिक जसो एक न एक समाजसेवाको कार्य गरेकै हुन्छन । त्यस्तै नारायण अधिकारी गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाको सचिव पनि हुन । १४ वटा राज्य भएको मलेसियाभरमा छरिएर रहेका नेपालीहरुलाई केही समस्या प¥यो कि उनको मुटु पोलिहाल्छ, त्यसपछि उनी सो क्षेत्रमा कुदिहाल्छन् ।

‘एनआरएनएमा प्रवेश गर्नुभन्दा पहिले सानो संस्थामा रहेर काम गरेको थिएँ, जुन लक्ष्मी फाउण्डेसन रहेको छ । त्यसको म चेयरमेन हुँ । ५ र ६ वटा स्कुलहरुलाई सहयोग गरेका छौँ । ४ वटा पुस्तकालयहरू खोल्ने सोचमा छौँ, यो पर्वत र नवलपरासीलाई मुख्य केन्द्रविन्दु बनाउने सोचमा रहेका छौँ,’ नारायणले भने । त्यसैगरी दुवईमा दुईवटै मृगौंला किड्नी गुमाएका नेत्रबहादुर विकको जीवन यिनै नारायणकै कारण जोगिएको छ । उनको उपचारका लागि नाराणयले ९ लाख सहयोग गरेका थिए । सधैँ समाज सेवामा लाग्ने नाराणयलाई आफैंलाई याद छैन अहिलेसम्म समस्यामा परेका कति जनालाई सहयोग गरेँ भन्ने । अहिले पनि समाजसेवामा निरन्तर खटिरहेको उनी एनआरएनका गतिबिधिमार्फत पनि उत्तिकै सक्रिय रहेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु