दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माया जाल’मा ज्वाला र मानषीको रोमान्स ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ६ गते, शुक्रबार १५:२९

काठमाडौं । ‘द भ्वइस अफ नेपाल सिजन–३’ को टप फोर प्रतिष्पर्धी गायक ज्वाला राईले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘माया जाल’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द रहेको छ भने बिक्रम राईको संगीत रहेको छ। देबेश राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। लुटपाटको घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोको कथामा गायक राई खलनायक चरित्रका रुपमा प्रस्तुत भएका छन्।

भिडियोमा मानषी तामाङ र गायक राई बिचको अन्स्क्रिन प्रेम र रोमान्स समेत प्रस्तुत गरिएको छ। भिडियोमा फराज अर्पणको डिओपी र बिशाल थापाको छायाँकन रहेको छ। गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक राईको युट्युव च्यानल ‘ज्वाला राई’ मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राईको स्वरमा ‘शितल शितल’, ‘दौरा भन्दा खल्ती लामो’, ‘तिमी फुल’ लगायत म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु