
दिल्ली – नेपाली जनसम्पर्क समिति भारतको आयोजनामा शुक्रवार भारतको दयाल मार्ग एनडि तिवारी भवन नयाँ दिल्लीमा महामानव विपी कोइरालाको ४० औं स्मृति दिवस संपन्न भएको छ । नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पान्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पाण्डेले महामानव बि पि कोइरालाले देखाएको बाटोमा सबै नेपाली हिडनु पर्ने बेला आएको बताए । जसरी भारतबाट बि पिले मेलमिलापको नीति लिएर नेपाल फर्किनु भएको थियो सोही अनुरुप सबै नेपालीहरुले मेलमिलापको नीति लिएर भारतमा काम गर्ने बेला आएको पान्डेले बताए । राष्ट्रियता,दुई देशको सम्बन्ध सुधार्ने,सम्बन्धि र सवल नेपाल बनाउदै प्रबासी नेपालीहरुका समस्या समाधान गर्न सबै एक भएर काम गर्न आग्रह गर्दै बि पिले देखाएको बाटोमा हिड्नु पर्ने पान्डेले बताए ।
नेपाली प्रवासि संघका केन्द्रीय अध्यक्ष लोकनाथ भन्डारीले , अब सबैखाले आन्दोलन सकिएकोले सबै प्रबासका सँस्थाहरु मिलि प्रबासी नेपालीहरुको हक हितको लागि आन्दोलनको रुपमै काम गर्नुपर्ने बताए । यहि नै असली बिपिलाई सम्झेको हुनेछ उनले भने । प्रवासमा विभिन्न संगठनमा बसेता पनि प्रवासमा बस्दा यहाँ समस्या पर्ने नेपालीहरुका साझा मुद्दा हेर्ने प्रतिनिधित्व गर्ने व्यक्तिहरु मिलेर एकताका साथ कसैलाई भेदभाव नगरी गर्ने विपिको सिद्धान्त र नितिलाइ मनन गर्ने र विपिका इतिहास लाई स्मरण गर्दै भन्डारीले भावपुर्ण श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
नेपाल अखिल एकता मंच भारतका केन्द्रीय उपमहासचिव आरवि खड्काले दूतावासले प्रबासी नेपालीहरुका समस्यामा संबेदनसिल नभएको र हामी सबैले नेपालका योगदान पुर्याउनु भएका नेताहरुलाइ सम्मान गर्नु पर्ने बताए ।

नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे ,केन्द्रीय सदस्य नन्दी कुमारी न्युपाने ,क्षेत्रीय अध्यक्ष सुनिता कुवर ,महासचिव दयाराम रोकायालगाएत अन्य पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम संपन्न भएको थियो । उक्त कार्यक्रमको संचालन एलपि पाण्डेले गरेका थिए भने स्वागत भाषण सुनिता कुवरले गरेकी थीइन ।
उक्त कार्यक्रमलाइ सभापती बालकृष्ण पाण्डेले समापन गर्दै नेपाली कांग्रेस संस्थापक नेता ,नेपालको प्रथम प्रधानमन्त्री विश्वेश्वरप्रसाद काेइरालाप्रति श्रद्धासुमन व्यक्त गरेका थिए ।


