• एनआरएनए मलेसियाका कोषाध्यक्ष कृष्ण नेपाल : श्रमिकबाट व्यवसायीसम्मको सफल यात्रा, नेपाल र नेपालीका लागि सधै प्रतिबद्ध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार ०८:३८

    मलेसिया – १० वर्षअघि सामान्य श्रमिक बनेर मलेसिया आई पुगेका पाल्पाका कृष्ण नेपाल अहिले सफल व्यावसायी हुँदै गैरआवसीय नेपाली संघ एनआरएनए मलेसियाको दोस्रो कार्यकाल कोषाध्यको जिम्मेवारीमा छन । एक दशकसम्म आफैं मजदुर भएर काम गरेका कृष्ण मलेसियाबारे राम्रै जान्ने र बुझ्ने भएका छन अहिले । मलेसियाको जोहोरवारू राज्यमा व्यवसाय गरिरहेका कृष्ण एनआरएनए मलेसियाका कोषाध्यक्ष हुन ।

    कोरोना महामारीमा उनले गरेको कामलाई मलेससिया मात्र हाेइन उनलाई चिन्ने सबैले प्रसंसा गरेका छन । कोरोना महामारीमा कोही पनि बाहिर निस्कने अवस्था थिएन तर कृष्ण भने आफ्नो ज्यानको बाजी राख्दै आवश्यक सामाग्री बोकेर लेबर (कामदार) क्याम्प धाउनमै व्यस्त हुन्थे । ‘१० वर्षसम्म मैले गरेको काम र मेहनतको प्रतिफल पाएर नेपाल फर्किर्नु परेन, संघर्षको फल पाइयो,’ गत साता जनसवाल रास्ट्रीय दैनिकसँग कृष्णले भने ।

    एनआरएनएमा लागेर नेपाली श्रमीकको सेवा गर्न पाउँदा आफूलाई निकै आनन्द आएको कृष्ण बताउँछन । ‘म पनि हिजो श्रमिक नै थिएँ, श्रमिकको पीडा कस्तो हुन्छ भन्ने कुरा राम्रोसँग बुझेको छु, म जस्तो अरुले दु:ख नपाओस् र त्यसरी दु:खमा परेकालाई मद्दत गर्न मन लागेर यो संस्थासँग जोडिएको हुँ,’ कृष्णले भने।

    एनआरएनए अन्तर्गत नै कृष्ण कोरोना कालमा धेरै नेपालीको सहारा बने। भोकालाई क्याम्पमै गएर खाना दिए, औषधि नपाएर छटपटाएकालाई औषधि दिए, नेपाल आउन खोज्नेलाई नेपाल पठाउन मद्दत गरे। त्यसैले पनि कृष्णको योगदानलाई एनआरएनए मलेसियाले उच्चस्थानमा राख्दै उनलाई दोस्रो कार्यकालका लागी पनि कोषाध्यक्षमै रोज्यो ।

    ‘कोरोना कालमा खान नपाएकालाई खान दिने, भ्याक्सिन नपाएका नेपालीलाई भ्याक्सिन लगाएर नेपाल पठाउने, जेल जीवन बितारहेका नेपालीहरुलाई जेलबाट निकाल्ने र नेपाल पठाउने लगायका विभिन्न समाज सेवा गरिरहेको छु,’ कृष्णले भने।

    ‘मलेसियामा काम नपाएर बिचल्लीमा परेका श्रमिक नेपालीलाई सक्ने सहयोग गरेका छौँ। हाम्रो मुख्य काम भनेको समस्यामा रहेका नेपालीको सेवा नै हो, हामी त्यहीअनुसार अघि बढिरहेका छौं,’ कृष्णले थपे । उनले एनआरएनए विश्वको साझा चौतारी भएको जनाउदै चौतारीमा जो पनि बस्न सक्ने बताए ।
    नेपालले मलेसिया आउन ईच्छुक नेपालीलाई यहाँ आउदै गरेको कंपनीको बारेमा बुझेर,यहाँको धर्म,संस्कृति,सडक नियमको वारेमा बुझेर मात्रै आउन आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु