दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल महिला चेम्बरद्वारा संचालित बेकरी तालिम सम्पन्न, २०२२ अवधिमा थुप्रै तालिम गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ८ गते, आईतवार १६:१०

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरद्वारा सिल्भर माउण्टेन कलेजमा संचालित १० दिने बेकरी तालिम सम्पन्न भएको छ । यसै माझ तालिम सफलतापूर्वक सम्पन्न भएको खुशीयालीमा नेपाल महिला चेम्बरले शुक्रबार समापन कार्यक्रमको आयोजना गरि तालिमका सहभागी प्रशिक्षार्थीहरुको बिधाई समेत गर्‍यो । तालिम समापन कार्यक्रम माझ तालिमका सहभागीहरुलाई नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सकी कार्य समिति सदस्य एवम् महिला चेम्बरकी महासचिव लिमा अधिकारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा तालिममा कुल १७ जनाले भाग लिएको र तालिम अवधिमा ४० परिकार बनाउन सिकाइएको जानकारी समेत गराईयो ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला चेम्बरकी अध्यक्ष श्रेष्ठ र महासचिव अधिकारीले महिला सशक्तिकरणका लागि शिप विकास अभियान अन्तर्गत बेकरी तालिमका अलवा पनि फोटोग्राफी, बारिष्ता, कुलिनरी आर्टस, आईटी, हाउस किपिङ, फ्रन्ट डेष्क, रिसाईकिल युज, क्याण्डल मेकिङ्, फ्याब्रिक पेन्टिङ्, त्यस्तै प्लम्बिङ तथा मोटरसाईकल रिपेयर, वर्कशप ट्रेनिङ आदी तालिम
कार्यक्रम २०२२ अवधि भरि नै संचालन गरिने बताउनु भयो । जिल्ला चेम्बरहरूमा शिप विकास तालिमलाई बिस्तार गरि जिल्ला
,नगर एवम् गाउँ तहहरुमा पनि कार्यक्रम संचालन गरि धेरै भन्दा धेरै युवा तथा महिलाहरूलाई रोजगार बनाउने लक्ष्य चेम्बरले लिएको जानकारी समेत गराईयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु