
८ साउन, काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुधपाटीतर्फ जाँदै गरेको बा. २ ख ३५८४ नम्बरको मिनिबस र बा.६१ प ३९७८ नम्बरको स्कुटरलाई रुखले किच्दा ३ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एक जना नितेज खर्बुजा रहेको र अरु दुई जनाको पहिचान हुन सकेको छैन।
दुर्घटनामा परि १२ जना घाइते भएका छन्। सडकको विपरित तर्फबाट सल्लाको रुख ढलेर किच्दा घाइते भएकाहरुलाई उपचारका लागि अस्पतालमा पठाइएको छ ।


