दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

होमस्टे(घरवास) महासंघ नेपालको केन्द्रिय कार्यालय उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ९ गते, सोमबार १८:२०

काठमाडौ । होमस्टे(घरवास) महासंघ नेपालको केन्द्रीय कार्यालय उद्‍घाटन गरिएको छ।

आइतबार कालिमाटीमा संचालित एक्सप्लोर इन्स्टिच्युट अफ हस्पिटालिटी म्यानेजमेण्टको भवनमा महासंघको केन्द्रिय कार्यालय उद्घाट्न गरिएको हो ।

महासंघको अध्यक्ष प्रेम शंकर मर्दनिया थारुको सभाध्यक्ष र तारा गाउ बिकास समितिका अध्यक्ष सुरेशराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमममा तारा गाउँ विकास समितीका बोर्ड सदस्य शिव लामिछाने,महासघका सल्लाहकार ,बिज्ञ तथा महासघ पदाधिकारी तथा स्दस्यहरुको उपस्तिथिमा केन्द्रीय कार्यलय उद्घाट्न गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि तारा गाउँ विकास समितिका अध्यक्ष शुरेसराज जोशीले नेपालको ग्रामीण पर्यटन त्यसमा पनि होमस्टे पर्यटन मार्फत नेपालको ग्रामीण भेगका जनताहरुको जिवनस्तर माथी उठाउन तथा आर्थिक रुपमा सबल बनाउन होमस्टे कार्यक्रम एकमात्र सफल कार्यक्रम रहेको भन्नुहुदै आगामी दिनमा समेत तारा गाउँ विकास समितिबाट पुर्ण साथ रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा महासघका सल्लाहकार तथा विज्ञहरुले आ आफ्नो ठाउँबाट महासघलाई अझै ससक्त गर्दे देशैभर होमस्टेको अभियानमा सक्रिय भएर अगि बढ्न सहयोग गर्ने प्रतिवद्द्ता जाहेर गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु