तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रोटरी क्लब अफ जावलाखेल मन्जुश्री को १५ औं Installation सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ११ गते, बुधबार ११:१४

काठमाडौ ।रोटरी क्लब अफ जावलाखेल मन्जुश्री को १५ औं Installation एकेडमी अफ कुलिनरी आर्ट लगनखेलमा सम्पन्न भएको छ | डिस्ट्रिक गभर्नर रोटरीयन श्री जितेन्द्र राजभण्डारी ज्यूको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा वर्ष २०२२/२३ इ.स. का लागि रोटरीयन श्री गौरव बाँस्कोटाको अध्यक्षतामा नंया बोर्ड को सपथ ग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भयो |

उक्त कार्यक्रममा रोटरी क्लब अफ जावलाखेल मंजुश्रीका अधिकांश सदस्यहरुको उपस्थित साथै, डिस्ट्रिक्ट -३२९२ का वरिष्ठ एवंम् पुर्व डिस्ट्रिक्ट गभर्नरहरु रोटरीयन श्री योगेन्द्रमान प्राधान, दिलेन्द्र राज श्रेष्ठ र संजय गिरी का साथै डिस्ट्रिक्ट गभर्नर इलेक्ट राजेन्द्र प्रसाद धोजु, डिस्ट्रिक्ट गभर्नर नोमिनी राजेन्द्र मान शेरचन ज्यू हरुको उपस्थित रहेको थियो |

कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट गभर्नर रोटरीयन जितेन्द्र राजभण्डारीले रोटरी क्लब अफ जावलाखेल मन्जुश्री रोटरी डिस्ट्रिक्ट -३२९२ को एउटा गतिशील उर्जावान र क्षमतावान क्लब भएको र यसलाई मेरो तर्फ बाट हर सम्भव सहयोग र साथ रहने छ भन्दै नंया टिमलाई हार्दिक बधाई तथा शुभकामना दिनु भयो र साथै अन्य उपस्थित बरिष्ठ पदाधिकारीहरुले शुभकामना एवंम् बधाई दिनु भयो |

रोटरी क्लब अफ जावलाखेल मन्जुश्रीका अध्यक्ष रोटरीयन श्री गौरव बाँस्कोटाले आगामी दिनहरुमा ट्राफिक अवरनेस, कोभिड अवरनेस, रक्तदान, हेल्थ क्याम, अपांगहरुको संघ संस्थाहरु सगं मिलेर काम गर्ने, रोटरी क्लब तिलोत्तमा संग मिलेर अटिजम भएका बच्चाहरुको क्षेत्रमा काम गर्ने, गोरखा र तनहुँ जिल्लाका सरकारी स्कूलहरुमा स्टेसनरी, Mathematics kits वितरण गर्ने, सप्तरी जिल्लामा दलित समुदायमा सामुदायिक हल, शौचालय बनाउने र भोकेशनल तथा स्किल तालिम संचालन गर्ने बताउनु भयो |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु