तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

२८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा ‘आदिबासी महोत्सव -२०२२’ कार्यक्रम गर्ने तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ११ गते, बुधबार १५:०७

युएई । वैदेशिक रोजगारको शिलाशिलामा युएईमा रहेका आदिबासी जनजातिहरुको साझा संस्था आदिवासी जनजाति महासंघ युएईले २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अबसरमा ‘आदिबासी महोत्सव -२०२२’ कार्यक्रम गर्ने तयारी गरेका छन् ।

यहीँ आउदो अगस्ट १४ मा युएईको दुबई शहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली दूतावास अबुधावीका महामहिम राजदूत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी गरेका छन् ।

उक्त कार्यक्रममा आदिवासी जनजातिहरुको पुरातात्त्विक महत्त्व बोकेकाभेषभूषा र कला सांस्कृतिक झाँकी प्रदर्शनका साथै आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि mr. & miss indigenous २०२२ प्रतियोगिता समेत राखिने जानकारी आदिवासी जनजाति महासंघ यूएईकि अध्यक्ष बिजय लक्ष्मी राईले दिएकी छिन् ।

प्रवासी कलाकारहरुको समेत बेजोड प्रस्तुत रहने उक्त कार्यक्रममा एक्सो२०२० मा नेपाल पेवेलियनका आयोजक आई.ई.जी. ग्रुपले एक्सो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्किने कला प्रदर्शन गर्ने प्रवासी कलाकारहरु र कोभिड महामारीको समय नेपाली समुदायको सेवामा अहोरात्र खटेका
स्वयंसेवकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु