दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाम्रोमा जब–ओरिएण्टेड शिक्षा छ, शिक्षाको लाईन ठीक हुनुपर्यो : प्रा. डा. ज्ञवाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १२ गते, बिहीबार २०:३५

काठमाडौं, १२ साउन । शिक्षाविद् एवम् काठमडौं विश्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञवालीले पनि शिक्षा प्रणाली सुधारमा जोड दिएका छन् । एस.इ.इको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले यहाँ हामी कहाँ चुक्यौं ? भन्ने कुरा आयो । पहिलो कुरा त शिक्षाको गुणस्तर के हो भनेर हामीले हेर्नुपर्छ । ग्रेडको आधारमा शिक्षा मापन गर्न मिल्दैन् । तथ्यांकमा हेर्दा राम्रो रिजल्ट छ । यो वैज्ञानिक रुपमा त्यो ठीकै छ ।’

उनले गएको २ वर्षको कुरा गर्दा (२०२० को मार्चदेखि अहिलेसम्म) अहिलेको रिजल्ट नराम्रो मान्न आवश्यक नभएको जिकिर गरे । उनले भने,‘हामी कहाँ चुकेको भन्ने हेर्दा हामीले कुन शिक्षालाई टार्गेट गरेको हो ? त्यो हेर्नुपर्छ । हाम्रोमा जब–ओरिएण्टेड शिक्षा छ । शिक्षाको लाईन ठीक हुनुपर्यो । उत्पादनशील मान्छे निकाल्न चाहेको हो भने हामी चुकेको छौं । यो शिक्षाको संरचना अर्के रुपमा भएको थियो । माटो सुहाउँदो शिक्षा दिन हामी चुकेका छौं ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु