• बेकरी पेस्ट्री एक्जुकेटिभ सेफ उमेश तामाङ सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार ०६:५५

    काठमाडौ।बेकरी पेस्ट्री एक्जुकेटिभ सेफ उमेश तामाङ सम्मानित भएका छन् ।

    आइतबार निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा तामाङलाई सम्मान गर्नुभएको हो ।

    सम्मानित भएपछि तामाङले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा मिडियाको प्रबन्ध निर्देशक जीवन शर्मा लाई धन्यबाद दिदै हस्पिलिटी क्षेत्रमा अझै क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो।

    सम्मानित तामाङ बिगत लामो समय देखि दर्जनौ विभिन्न होटल,रेस्टुरेँण्ट एवम् शैक्षिक प्रतिष्ठान काम गरेर अनुभव हासिल गरेका छन। बिशेश बेकरी,पेस्ट्री पाकशिक्षा एवम् प्रशिक्षण कार्यमा उनी सकृय छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु