दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जनताको गुनासो सुन्न पर्यटनमन्त्री श्रेष्ठ पार्टी कार्यालयमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १६ गते, सोमबार ९:११

१५ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सर्वसाधारणको आम चासोका समस्या समाधानमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । आइतवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर पुगेर कार्यकर्ता तथा जनताको गुनासो तथा समस्याबारे जानकारी लिंदै उहाँले सर्वसाधारणको आम चासोका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
मन्त्री श्रेष्ठसँग सर्वसाधारण तथा कार्यकर्ताहरुले व्यक्तिगत काम, स्थानीय समस्या तथा पुर्वाधार सम्वन्धी समस्या समाधानको माग गरेका थिए । करिव दुई घण्टा पार्टी कार्यालय रहनुभएका मन्त्री श्रेष्ठले झण्डै एक सय जनाको गुनासो सुन्नुभएको थियो । मन्त्री श्रेष्ठले जनताको समस्या समाधानमा आफु केन्द्रित हुने बताउनुभयो ।
उहाँले आफुले कार्यभार सम्हालेको छोटो अवधिमै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याइ कार्यन्वयन अघि बढाएको जानकारी दिनुभयो । सेवाग्राही जनतालाई छिटो र गुणस्तरीय सेवा प्रवाह गर्न आफु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । आमनागरिकलाई मन्त्रालयमै गएर गुनासो राख्न असहज रहेको अवस्थामा पार्टी कार्यालयमा जनताको गुनासो सुन्ने व्यवस्थाले सेवाग्राहीलाई सजिलो भएको उहाँको भनाइ छ ।
आफुले लक्ष्य तोकेर अघि बढाएका योजनाहरुको परिणाम केही समयभित्र देखिने र त्यसले मुलुकलाई दीर्घकालीन रुपमा फाइदा हुने उहाँले बताउनुभयो । नेता, सांसद र मन्त्रीसम्म पहुँच नभएका नागरिकहरुका गुनासो सुन्न र समाधान गर्न पार्टीबाट सरकारमा गएका हरेक मन्त्रीलाई हप्ताको एक दिन पार्टी कार्यालयमा पुगेर गुनासो सुन्ने व्यवस्था गरिएको छ । मन्त्रीको निवास र मन्त्रालयमा धाउनुभन्दा पार्टी कार्यालयमै आफ्ना समस्या मन्त्रीसमक्ष राख्न पाउँदा सर्वसाधारण खुसी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु