• तीज आयो बरिलै’ मा जुनुको अभिनय (भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १५:०६

    काठमाडौ १७ श्रावण । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा एकपछि अर्को गर्दै तीज गीतहरु सार्वजनिक हुन थालेका छन । लामो समयदेखि संगीतको क्षेत्रमा आफनो करियर खोज्दै आएकी गायिका जुनु गौतम पनि तीज विशेष गीत ल्याउन हतार देखिन्छिन ।

    जुनुले यसपालिको तीजमा महिला दिदीबहिनीहरुको लागि ‘तीज आयो बरिलै’ बोलको गीत कोसेली लिएर आएकी छन ।
    लोक तथा आधुनिक एव सुगम संगीतमा आफुलाई अब्बल गायिकाको रुपमा स्थापित गर्ने सोच लिएर अगाडि बढेकी जुनुले निकै राम्रो गीत तिजको कोसेली लिएर आएकी छन ।

    बुढासुब्बा म्युजिक युटयुव च्यानलबाट गीत सार्वजनिक गरिएको छ । गीतमा जुनुको सुमधुर स्वर सुन्न सकिने छ । नविन श्रेष्ठले गीतमा मौलिक शब्द चयन तथा आकर्षक संगीत भरेका छन भने शुन्दर लामाले एरेन्ज गरेका छन । निकै आकर्षक बनेको यस गीतको भिडियोमा जुनु गौतम आपैm पनि देखा परेकी छन ।

    मुख्य भुमिकामा सुष्मा अधिकारीलाई फिचरिङ गरिएको छ । कमल राइको आकर्ष कोरियोग्राफी तथा विनोद विष्टको निर्देशनमा निर्माण भएको गीतको भिडियो झनै आकर्षक देखाइएको छ ।
    भिडियो हेर्नुहोस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु