
काठमाण्डौं । नेपाली व्यवसायी संघ कतारका महासचिव रमेश भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित भएका छन । भट्टलाई निगरानी दैनिकको बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गरेका हुन । बागलुङ्गमा जन्मेका भट्टले विगत २ दशक देखी कतारलाई आफनो कर्मभूमि बनाउदै आएका छन । उनी गैर आवासीय नेपाली संघ, अन्तराष्टिय समन्वय समितिका पुर्व सदस्य र एनआरएनए अभियन्ता समेत हुनु ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यको हातबाट सम्मान ग्रहण गर्न पाउँदा आफूलाई गर्व महशुस भएको युवा व्यवसायी भट्टले बताए ।
भट्टले आफुले गरेको कार्यको मूल्यांकन गर्दै उक्त सम्मान बितरण गरेकोमा आयोजक र श्रममन्त्रीलाई धन्यवाद ब्यक्त गरे । उनले आफूले सधै नेपाल र नेपालीहरुका हकहितका लागी कार्य गर्ने जनाउदै यो सम्मानले थप जिम्मेवारी थपेको बताए ।


