• कार्कीलाई मुवाँथाईको सम्मान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ श्रावण २०७९, बिहीबार १९:५२

    राष्ट्रिय मुवाँथाई संघ नेपालले आफ्ना बेलायत सम्पर्क मञ्चका अध्यक्ष सुरज कार्कीलाई बिहीबार सम्मान गरेको छ ।
    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको प्रशिक्षण हलमा संघका अध्यक्ष गणेशलाल कक्षपति र खेलाडीले खादा लगाएर कार्कीलाई सम्मान गरे ।
    सम्मानित भएपछि पूर्व क्योकुसिन कराते खेलाडी एवं प्रशिक्षक कार्कीले भने– ‘सम्मान गर्नु भएकोमा धन्यवाद । तपाई (खेलाडी) हरु लगनशील भएर प्रशिक्षण गर्नुस । सफलता अवश्य मिल्ने छ । पदक जित्नका लागि मात्र होइन शारीरिक तन्दुरुस्ती र आत्मबल उच्च बनाउनका लागि पनि खेल महत्वपूर्ण पाटो हो ।’
    अध्यक्ष कक्षपतिले कार्कीले मुवाँथाईका साथै क्योकुसिन कराते खेलको विकासमा विशेष योगदान रहेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु