दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रजातान्त्रिक खेमाबाट टान निर्वाचनमा बाँस्तोला आधिकारिक उम्मेदवार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १९ गते, बिहीबार २१:३०

काठमाडौ ।प्रजातान्त्रिक खेमाका पर्यटन व्यवसायीहरुका तर्फबाट ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलालाई आधिकारिक उम्मेदवार बनाइने भएको छ ।

नेपाली कांग्रेसको शुुभेच्छुक दुुई भिन्दाभिन्दै सङ्गठनले टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि व्यवसायी बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो । नेपाल पर्यटन व्यवसायी सङ्घ (निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा बाँस्तोलालाई समर्थन गर्ने निर्णय गरेको निट नेपालका अध्यक्ष दीपक महतले जानकारी दिनुुभयो । उहाँले दुवै शुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहका रूपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताउनुुभयो ।

अध्यक्षका प्रत्यासी बाँस्तोलाले शुभेच्छुक संस्थाबाट आफूू टान अध्यक्षको आधिकारिक उम्मेदवार भएकाले व्यावसायिक छलफल र प्रचारप्रसारलाई तीव्रता दिएको बताउनुुभयो । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन टानको अध्यक्ष प्रत्यासीका उम्मेदवार बाँस्तोला अब्बल प्रतिस्पर्धीका रूपमा चुनावी अभियानमा होमिनुभएको छ । पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बाँस्तोलाले टानको नेतृत्वमा पुुगेको खण्डमा पर्वतीय पर्यटनको साखलाई खँदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताउनुुभयो ।

टानलाई विशुद्ध व्यावसायिक संस्थाका रूपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई व्यापक बनाएर अघि बढ्ने बाँस्तोलाको योजना छ । आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ ।

टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु