एनआरएनए एनसिसी कतारद्वारा पुर्व अध्यक्ष लामिछाने,कोरिया अध्यक्ष पुन र सम्पादक बगालेको स्वागतआज मिति २०७९ मंसिर ११ गते, आइतवारको राशिफलओसिसमा उपत्यकाव्यापी बास्केटबलप्याब्सन मध्य क्षेत्रीय बास्केटबल भोलिदेखिग्रिनल्यान्ड र नेसनल युनाइटेडको जित१४७ सीटको नतिजा सार्वजनिक, गणना जारी १५ सिटमा को अगाडि ?दुध उत्पादन बढाउन ज्ञानधाराद्वारा पाँचखालमा कार्यक्रम आयोजनाआज मिति २०७९ मंसिर १० गते, शनिवारको राशिफलसंखुवासभाबाट प्रतिनिधीसभामा भारी मतान्तरसहित दिपक खड्का विजयी, को हुन् खड्का ?१६५ क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी, काे कहाँ अगाडी ?
  • पुष्पराज केसीको गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २०७९ श्रावण २०, शुक्रबार १९:१६

    काठमाडौं, २० साउन । कवि पुष्पराज केसीका गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमबीच वरिष्ठ पत्रकार र समालोचकहरूले कवितासङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
    रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, वरिष्ठ पत्रकारहरु शम्भु श्रेष्ठ, राजकुमार बानियाँ, ईश्वरी वाग्ले, अग्रज व्यक्तित्व श्यामबहादुर खत्री र कवि पुष्पराज केसीले संयुक्त रुपमा कवितासङ्ग्रहको विमोचन गरेका हुन् । कवितासङ्ग्रह ब्रदर्श बुक्सले प्रकाशन गरेको हो ।
    ललितपुर महालक्ष्मी ८ विष्णुडोलका केसीको कवितासङ्ग्रहले जन्मभूमिप्रतिको प्रेम, प्रकृतिप्रेम देखि राजनीतिक विसंगतिप्रति तीखो व्यङ्ग्य गरेको छ । उनले समाजभित्र गुम्सिएका कथा व्यथालाई सरल भाषामा लयवद्ध तरिकाले सृजना गरेको वरिष्ठ समालोचक राजकुमार बानियाँले बताए । बाँनियाले कवि केसीले आफ्ना अनुभव, भोगाई र संघर्षलाई समेत कवितामार्फत् प्रस्तुत गरेको भन्दै भविष्यमा कृतिहरू सृजनाका लागि प्रेरित हुने सफलताको कामना गरे ।
    समालोचक बानियाँले कविता मौलिक र लयले भरिएको टिप्पणी गरे । कविले आफ्नो जन्मथलोलाई अगाध स्नेह गर्ने कवितामार्फत् प्रकट गरेको बताए । जन्मथलो विष्णुडोल गाउँ र वरपरको समाजको बारेमा पनि कविताले धेरै व्यक्त गरेको टिप्पणी गरे । कवि केसीले छोटो कविता लेखेको र पढ्न पनि सरल रहेको टिप्पणी गरे । कवितामा प्रकृतिप्रेम, राजनीतिप्रति व्यङ्ग्य र विद्रोहभाव रहेको बताए । कवितासङ्ग्रहमा खण्डहरु छुट्याएको भए राम्रो हुन्थ्यो भन्ने सुझाव दिए ।
    वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले कवितामा धेरै वेदनाहरु पोखिएको बताए । स्वच्छ मनले पञ्चायतकालदेखि कम्युनिस्ट राजनीतिमा लागेकाहरु पछिल्लो घटनाक्रमले विद्रोहभाव जाग्नु स्वाभाविक भएको बताए । नेताहरु बिग्रिएको र भ्रष्टाचारमा लागेकाले देश गम्भीर अवस्थामा पुगेको बताए । गुम्सिएका व्यथाहरुमा विद्रोहको भाव प्रकट गरेको टिप्पणी गरे । आफूले लामो समयदेखि केपी शर्मा ओलीसँग संगत गरेको सुनाए । उनले प्रचण्ड जस्तो अस्थिर मान्छेसँग एकता गर्दा विचार पु¥याउन भनेको खुलासा गरे । कविताले कम्युनिस्ट राजनीतिको धेरै यथार्थ खोलेको टिप्पणी गरे । गोर्वाचोभले सोभियत संघ विघटन गरेको जस्तै केपी ओलीले कम्युनिस्ट पार्टी विघटन गरेको तर्क गरे । उनले भने,‘देश छिमेकी चीन र भारत दुवैले विश्वास नगर्ने अवस्थामा पुगेको छ ।’
    वरिष्ठ पत्रकार एवं रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले केसीले कवितासङ्ग्रहमार्फत् आफ्नो भावना प्रकट गर्न सकेको टिप्पणी गरे । उनले कवितासङ्ग्रह यो युगको कथा व्यथा समेत भएको बताए । कवितासङ्ग्रह समयसापेक्ष भएको भन्दै भविष्यमा थप कृतिहरु सृजना गर्ने प्रेरणा मिलोस् भनी शुभकामना दिए । उनले कवि केसी समाजसेवी भएको र समाजको हितमा सधै लागिपर्ने स्वभावको व्यक्तित्वका रुपमा आफूले चिनेको बताए । आफू कवि पुष्पराज केसीको जन्मथलो विष्णुडोलमा पनि पुगेको र त्यो ठाउँ सृजनशीलहरुको थलो भएको बताए ।
    वरिष्ठ पत्रकार ईश्वरी वाग्लेले कविता सरल र सहज भएको टिप्पणी गरे । इतिहास र वर्तमानलाई पनि । सत्ताप्रतिको आक्रोश कवितामार्फत् पोखिएको बताए । विभिन्न समयमा आएका भावनाहरु कवितामा समेटिएको टिप्पणी गरे । कविता लेख्ने जाँगर चल्नु नेपाली साहित्यका लागि लाभदायक हुने बताए । समाजमा लेखेर, बोलेर पनि विचार अभिव्यक्त भइरहनुपर्नेमा जोड दिए ।
    वरिष्ठ पत्रकार समेत रहेका कवि छत्र कार्कीले स्रष्टाका रुपमा पुष्पराज केसीलाई पाउँदा खुशी लागेको बताए । केसीले कवितामार्फत् आजको परिवेशलाई स्पष्ट रुपमा व्यक्त गरेको बताए । कुनैपनि कृतिमा अझ सुधार गर्ने अवसर प्राप्त हुने बताए ।
    अग्रज व्यक्तित्व श्यामबहादुर खत्रीले कवितासङ्ग्रह लेखेकोमा पुष्पराज केसीलाई बधाई तथा शुभकामना दिए । उनले भविष्यमा अझ सृजना गर्ने उत्साह प्राप्त हुने आशा व्यक्त गरे ।
    कवि पुष्पराज केसीले केही कविता पढेर सुनाएका थिए । उनले कवितासङ्ग्रह सम्पादन गर्ने इन्द्रबहादुर खत्री तथा प्रकाशित गर्न प्रेरणा दिने सबैलाई धन्यवाद दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु