• देशभर पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १९:४५

    २० साउन, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार छ हजार ४९१ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    दुई हजार ९४१ पीसीआर परीक्षणमा ५२९ र तीन हजार५५० एन्टिजेन परीक्षणमा ३८३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७० रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाले ज्यान गुमाएका छन् ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु