• निर्वाचन आयोग नेपालले आगामी मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार १९:५३

    २० साउन, काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी मंसिर ४ को निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको हो ।

    ‘सम्वत् २०७९ साल मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिनका लागि आयोगमा मिति २०७९।४।१९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरुलाई संविधानको धारा २७१ बमोजिम सम्वत् २०७९ साल श्रावण २२ गते देखि २०७९ साल श्रावण ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची(१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं स्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सूचित गरिएको छ’, आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु