दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुजाता काफ्ले र प्रकाश कटुवालको नयाँ तिज गित ‘म त हजुर नेपाली’ सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २१ गते, शनिबार ११:४२

लन्डन : गायिका सुजाता काफ्ले र गायक प्रकाश कटुवालको नयाँ तिज गित ‘म त हजुर नेपाली’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। बिनोद ढकालको शब्द र प्रकाश कटुवालको संगीत रहेको गीतलाई डोलराज बरघरेले एरेन्ज गरेका हुन्। बिगत लामो समय देखी आफ्नो परिवारको साथमा वेलायत बस्दै आएकी निर्देशक, कलाकार तथा कोरियोग्राफर सरु गुरुङ रानाको निर्देशनमा तयार भएको ‘म त हजुर नेपाली’ को म्युजिक भिडियोमा मौलिकता झल्किएको छ।

म्यूजिक भिडियोमा कमेडि च्याम्पियनका फर्स्ट रनरअप खड्क बहादुर पुन मगर (खबपु) डान्सर निर आले, प्रतिष्ठा त्रिपाठी, ऋतु पुन र दिपक मैथाने मगरको अभिनय रहेको छ। म्यूजिक भिडियोलाई छायाकंन र सम्पादन भने सुमन श्रेष्ठले गरेका छन्। भिडियोलाई बेलायतको बिभिन्न रमणीय स्थानमा छायाकंन गरिएको छ। प्रवासमा रहेका नेपाली दिदी बहिनीहरुको कथा बोकेको गीतले नेपाली गोर्खालीकी छोरी प्रति गर्व गरेको विषय समावेश गरिएको छ। गीतले गोर्खालीको पहिचान बोकेको नेपाली भेषभुषा र संस्कृति झल्किने गुन्यो चोली लगाएर यो तीजमा नाच्छु भन्ने भाव प्रकट गरेको छ । बेलायतमा नेपाली मौलिक तीज गीतको संरक्षण गर्दै दिदी बहिनीहरुलाई तीज मनाउन प्रेरित गर्ने उदेश्यले तिज गित ल्याएको गायिका सुजाता काफ्लेले बताइन् । भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु