हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २२ गते, आईतवार १९:१८

काठमाडौ ।हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघी घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको हो । घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान गर्नेछ । हेल्थ एट होमले निकट भविष्यमा एस्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको छ ।
यो सेवाको उद्घाटन त्रिवि शिक्षण अस्पतालका भूतपूर्व एचओडी प्रा.डा. रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका वर्तमान प्रमुख डा. रामकुमार घिमिरेले घरमै स्वास्थ्यको रेडियोलोजी विभागको उद्घाटन गर्नुभएको थियो । विभागको नृतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्जल भट्टराईले गर्नुभएको छ । विरामीहरुले यो अति आवश्यक सेवा प्रयोग गर्न सुरु गरिसकेका छन् ।
नयाँ सेवा उद्घाटनका क्रममा डा. घिमिरेले भन्नुभयो, समुदायमा अति आवश्यक पर्ने सेवा रहेको भन्दै उहाँले पेशागत प्रतिवद्धता र बिरामीको हेरचाहको लागि आवश्यक पर्ने आविश्कार आवश्यक छ । उहाँले सेवा नैतिकतामा आधिारित हुनुपर्ने र बिरामीको हितका लागि आधारित हुनुपर्ने बताउनुभयो । यो नयाँ सेवा नेपाली समुदायका लागि निकै सहयोगी हुने बताउनुभयो ।
यस्तै प्रमुख रेडियोलोजी विभागका डा. प्रदिपराज रग्मीले भन्नुभयो , हेल्थ एट होमले सेवाका रुपमा विस्तारामा बाँधिएका र उचित रेडियोलोजी सेवाहरु बिना समुदायमा रहेका बिरामीहरुलार्य ठुलो मद्धत पुग्ने बताउनुभयो । यसले आम मानिसलाई निकै सहयोग पुग्ने उहाँका भनाई थियो ।
यसैगरि हेल्थ एट होमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकालले नयाँ सेवा विभाग थपिएपछि मात्रै समुदायमा बिरामीको हेरचाह गर्ने प्रतिबद्धता अझ बलियो भएको बताउनुभयो । हेल्थ एट होमले सधै हेरचाहमा पहुँचको वकालत र समर्थन गर्दे आएको छ । रेडियोलोजीको नयाँ सेवाले बिरामीलाई घरमै पुगेर उत्कृष्ट सेवा प्रदान गर्नेछ ।
१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु