• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    रुविका र दिनेश वर्षका उत्कृष्ट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ श्रावण २०७९, आईतवार १९:३८

    काठमाडौ ।नेपाल आइटीएफको २५ औ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ । महोत्सव पोखरा रङ्गशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्क लाल घिसिङको प्रमुख आतिथ्यमा भएको हो ।

    सो अवसरमा आइटीएफका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाँडादेवी गाउँ पालिकाका पूर्व अध्यक्ष तथा एकेडेमीका संरक्षक प्रेम बहादुर तामाङलाई सम्मान गरियो ।

    बाग्मती प्रदेशकी रुबीका खड्का र नेपाल आर्मीका दिनेश बुढा मगर वर्षका उत्कृष्ट खेलाडी घोषित भए । दुवैले १० हजार रुपैयाँ पुरस्कार पाए । मोरङका राजेन्द्र धिमाल वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भए । उनले पनि १० हजार रुपैयाँ पुरस्कार पाए । नेपाल आइटीएफका पहिलो ब्याजका ब्ल्याक बेल्ट गोपाल श्रेष्ठले आउट स्ट्यान्डीङ अवार्ड पाए । नवलपुर उत्कृष्ट जिल्ला घोषित भयो । काभ्रेका रिक्सन तामाङ राइजिङ स्टार घोषित भए ।

    कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, राष्ट्रिय खेलकुद परिषद् कायकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेप सदस्य मानदेव हजारा, राजेश गुरुङ , राखेप तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक तथा नवौँ राष्ट्रिय खेलकुदका सचिवालयका प्रमुख फणीन्द्र पौडेल लगायतको उपस्थिति थियो । नेपाल आइटीएफका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाको सभापतित्वमा कार्यक्रम भएको थियो । सो अवसरमा धमलाले गण्डकी प्रदेशको सक्रियता प्रशंसनीय रहेका बताए । कार्यक्रमको ब्यवस्थापन गण्डकी प्रदेश आइटीएफ तेक्वान्दो संघले गरेको थियो ।

    कार्यक्रममा नेपाल आइटीएफका पूर्व अध्यक्ष तथा पूर्व प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरियो ।(

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु