• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    नेपाली जनसम्पर्क समिति साइप्रसको दोस्रो महाधिवेशन भब्यता को साथ सम्पन्न ,सभापतिमा पुष्पा मिश्र सर्वसम्मत चयन ।

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार ०९:३५

    मनिशा अर्याल , साइप्रस।

    नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा मिश्र सर्बसम्मत रुपमा चयन हुनुभएको छ ।नेपाली जनसम्पर्क समिती साइप्रसले हिजो आईतवार जुम भर्चुअल तथा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा कार्यक्रम सु सम्पन्न गएको हो। उक्त दोस्रो अधिवेशसनबाट उपसभापतिमा कर्चुगं लामा र पेम्ब ओमु लामा , महामन्त्रीमा लक्ष्मी काफ्ले , सह महामन्त्रीमा रामसुन्दर यादव , मनिषा कार्की , उर्मिला भट्टराई ठकुरी र लक्ष्मीता गुरुङ चयन हुनुभएको छ।भने सदस्यहरुमा सिमाना लिम्बु , प्रविन किसोर धामी , अभय अर्चाय , पदम ब. रेग्मी , अम्बिका सिग्देल , कृष्ण प्रसाद अधिकारी लगायत सर्बसम्मत रुपले चयन हुनुभएको हो ।
    नेपाली काग्रेंसको १५ औ केन्द्रिय महाधिवेशन प्रतिनिधीका लागि निवर्तमान सभापति सिता अर्याल , पुष्पा मिश्र , सरस्वती भुषाल , निवर्तमान महामन्त्री कुमार सिहं र भुवन सापकोटालाई चयन गरिएको छ ,भने महासमिति सदस्यका लागि नवनिर्वाचित सभापति पुष्पा मिश्र , निवर्तमान सभापति सिता अर्याल र निर्तमान महामन्त्री कुमार सिहंलाई गर्न निर्णय गरेको छ । साईप्रसको राजधानी निकोसियाको आर.वि. प्यालेस लिद्रामा भौतिक रुपमा उपस्थित एवमं नेपाल सरकारका प्रधानमन्त्री एवमं नेपाली काग्रेंसका सभापति शेर बहादुर देउवाले जुम भर्चुअल बाट अधिवेशनको उदघाटन गर्नुभएको थियो ।नेपाली जनसम्पर्क समिती साइप्रसकी सभापति सिता अर्यालको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा ने.का.का महामन्त्री गगन कुमार थापाले नेपालमा हुन लागेको प्रतिनिधि सभामा सबै एकसाथ अगाडि बढन र नेपाली काङ्ग्रेसलाई सबैले साथ सहयोग गर्न समेत माग गर्नु भएको छ।
    महामन्त्री कुमार सिहंले संचालन गर्नुभएको कार्यक्रममा साईप्रस एवमं ईजरायलका लागि नेपाली राजदुत कान्ता रिजाल , सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना , लुम्बीनी प्रदेशका महामन्त्री विक्रम खनाल , धादिङका सभापति रामनाथ अधिकारी ,बहराईनका सभापति पदम सुन्दर गुरुङ , स्पेनका पुर्ब सभापति एवमं एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा , बेल्जीयमका सभापति पुर्ण तिमिल्सीना लगायत अरु सम्पुर्ण जुम भर्चुअल माध्यम बाट सुभकामना संदेश सहित नेपाली काङ्ग्रेस प्रती आस्था राख्नु भएका सम्पुर्ण राजनैतिक मनहरुलाइ आफ्नो मनमा उबजेको धारण समेत राख्नुभएको थियो।
    कार्यक्रममा साईप्रसबाट प्रवासी नेपाली मन्चका अध्यक्ष श्याम लाल नेपाली , एनआरएनए साईप्रसका अध्यक्ष कुन्दन कार्की , महासचिव राधा पोख्रेल , प्रवासी नेपाली मन्चका सल्लाहकार धतानन्द पाण्डे बुद्धिजीवी, पत्रकार, तथा विभिन्न सघंसस्थाका प्रतिनिधिहरु साइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीको सहउपस्थिति साइप्रसको निकोसियामा कार्यक्रम भब्य अनि सभ्य रूपमा सम्पन्न भएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु