• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १७:५६

    २३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सोमबार गुँला पर्वमा सहभागि भइ काठमाडौंको स्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ । नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान मन्त्री श्रेष्ठ स्वयम्भु भगवानको दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुभएको हो ।
    गुँला पर्व बुद्ध धर्मवालम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । काठमाडौंको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उहाँको भनाइ छ । ‘गुँला’ महिना भर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं) जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ ।
    यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछि पछि भक्तजनहरू रहने गर्दछन् । यस पर्वले विभिन्न बाजा लगायत संस्कृतिको संरक्षणमा टेवा पुर्याएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु