• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    साइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु मा गैरआवसिय नेपाली संघ साइप्रसको अत्यन्तै जरुरी सूचना।

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलवार ०१:५६

    मनिशा अर्याल -साइप्रस
    आफ्नो प्राण भन्दा प्यारो जन्मभुमी, घरपरिवार आफन्त देखी टाढिएर विदेशिनु हामी कसैको पनि रहर कदापी होइन । विभिन्न बाध्यता र परिस्थिति सङ्ग लडदै जुदै हामी विदेशिन बाध्य छौ । जन्मभुमी,परिवार र आफन्तहरु सङ्ग टाढिनुको पिडा एक तिर त छदै छ, त्यसमा पनि प्रवासको रहनसहन, रितिरिवाज ,भाषा यी र यस्तै असहज परिस्थितिहरुले हामीलाई धेरै समस्यामा पारिरहेको हुन्छ ।
    साइप्रसमा घरेलु कामदार, होटेल तथा रेष्टुरेन्ट, कृषि क्षेत्र, बिद्यार्थी तथा अन्य क्षेत्रहरुमा गरि करिव १४/१५ हजारको हाराहारीमा नेपालीहरु बसोबास गर्दै आईरहेका छौ । साइप्रसमा हामी नेपालीहरु कस्ता कस्ता समस्याहरु बाट पीडित भईरहेका छौ, कस्ता कस्ता सेवा सुबिधाहरुबाट बन्चित भईरहेका छौ हामी सबैलाई जानकारी नै छ ।

    न्युनतम तलब भत्ता,तथा सेवा सुविधाहरुबाट हामी सधै नै बन्चित हुदै आइरहेका छौ । नेपाल सरकारले हामीलाई साइप्रसमा आएर काम गर्नको लागी स्वीकृती त दिएको छ, तर आफ्नो नागरिक कस्तो अवस्थामा कसरी कति तलब भत्ता, कस्तो सेवा सुविधामा काम गरिरहेको छ भनेर कहिले ध्यानाकर्षण भएको छैन । विश्वमा श्रमजिविहरुको भूमिका अत्यन्तै ठुलो रहेको हुन्छ र श्रमिकहरुको लागी कानुन तथा विभिन्न संघ सस्थाहरु भए पनि नेपाल सरकार र साइप्रस सरकार बीच नेपाली श्रमिकहरुको लागी श्रम सम्झौता नभएको कारणले साइप्रसमा हामी नेपालीहरुले नियम र कानुनमा नै भएको सेवा सुविधाहरु बाट पनि पछि हुनु परेको छ ।
    गैर आवासीय नेपाली संघ साइप्रसले यिनै बिबिध समस्याहरुलाई आफ्नो प्रमुख दायित्व महसुस गर्दै:
    – साइप्रसमा नेपाली श्रमिकहरुको न्युनतम तलब वृद्धि
    – सामाजिक सुरक्षा भत्ता फिर्ता
    – नेपाल सरकार र साइप्रस सरकार बिचको (G to G प्रणाली) – नेपाली श्रमिक साइप्रस पठाउने प्रक्रिया

    लगायतका अन्य नेपाली श्रमिकहरुले नियम कानुन अनुरुप नै पाउनु पर्ने आधारभूत सेवा सुविधाहरु निश्चित गरि हामी सम्पूर्ण नेपाली समुदाय र भविष्यमा कामदारको रुपमा साइप्रस आउन चाहाने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हक हित र सेवा सुविधाहरु सुरक्षित गराउनको लागी बृहत हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेर नेपाल सरकार समक्ष बुझाउने अभियान गरिरहेका छौ, भनेर गैर आवासीय नेपाली संघ समन्वय परिषद साइप्रसका अध्यक्ष श्री कुन्दन कार्की लगायत सम्पुर्ण पदाधिकारीहरुले साइप्रसवासी समस्त नेपाली जनसमुदायमा आवहान गरेको छ ।
    हस्ताक्षर सङ्कलनको लागि समयको तालिका बनाएर साइप्रसको प्रत्येक शहरहरुमा जाने र यो अभियानमा सम्पुर्ण नेपालीहरु सहभागी भएर हामी र भविष्यमा साइप्रस आउने नेपालीहरुको हकहित र सेवा सुबिधाहरु सुनिश्चित गराउन सहयोग गर्नुहुन पनि सम्पुर्णमा गैरआवसिय नेपाली संघ साइप्रसले यो पत्र जारी गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु