हस्ताक्षर अभियानमा सहभागी हुन साइप्रसवासी नेपालीमा एनआरएनए साइप्रसको आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २५ गते, बुधबार ०९:५२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, साइप्रसले हस्ताक्षर अभियानमा सहभागी हुन साइप्रसवासी नेपालीमा आग्रह गरेका छ । एनसिसी साइप्रसका अध्यक्ष कुन्दन कार्कीले एक विज्ञप्ति जारी गर्दै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हक हित र सेवा सुविधाहरु सुरक्षित गराउनको लागी बृहत हस्ताक्षर संकलन कायक्रम आयोजना गरेर नेपाल सरकार समक्ष बुझाउने अभियान गरिरहेको जनाउादै सम्पूर्णमा सो अभियानमा सरिक हुन आग्रह गरेका छन् ।

विज्ञप्ति
आदरणीय साइप्रसवासी समस्त नेपाली समुदायमा म लगायत सम्पूर्ण गैर आवासीय नेपाली संघ कार्यसमिती को तर्फ़ बाट हार्दिक नमस्कार ? ।
आफ्नो जन्मभुमी, परिवार आफन्त देखी टाढिएर बिदेशिनु हामी कसैको पनि रहर कदापी होइन । अनेकौ बाध्यता र परिस्थितिबस हामी बिदेशिन बाध्य छौ । जन्मभुमी, परिवार र आफन्तहरु संग टाढिनुको पिडा त छदैछ त्यसमा पनि प्रवासको असहज परिस्थितिहरुले हामीलाई धेरै समस्यामा पारिरहेको हुन्छ ।
साइप्रसमा घरेलु कामदार, होटेल तथा रेष्टुरेन्ट, कृषि क्षेत्र, बिद्यार्थी तथा अन्य क्षेत्रहरुमा गरि करिव १४/१५ हजारको हाराहारीमा नेपालीहरु बसोबास गर्दै आईरहेका छौ । साइप्रसमा हामी नेपालीहरु कस्ता कस्ता समस्याहरु बाट पिडित भईरहेका छौ, कस्ता कस्ता सेवा सुबिधाहरुबाट बन्चित भईरहेका छौ हामी सबैलाई जानकारी नै छ ।
न्युनतम तलब भत्ता, तथा सेवा सुविधाहरुबाट हामी सधै नै बन्चित हुदै आइरहेका छौ । नेपाल सरकारले हामीलाई साइप्रसमा आएर काम गर्नको लागी स्वीकृती त दिएको छ, तर आफ्नो नागरिक कस्तो अवस्थामा कसरी कति तलब भत्ता, कस्तो सेवा सुविधामा काम गरिरहेको छ भनेर कहिले ध्यानाकर्षण भएको छैन । विश्वमा श्रमजीबीहरुको भूमिका अत्यन्तै ठुलो रहेको हुन्छ र श्रमिकहरुको लागी कानुन तथा विभिन्न संघ सस्थाहरु भए पनि नेपाल सरकार र साइप्रस सरकार बीच नेपाली श्रमिकहरुको लागी श्रम सम्झौता नभएको कारणले साइप्रसमा हामी नेपालीहरुले नियम र कानुनमा नै भएको सेवा सुविधाहरु बाट बन्चित हुनु परेको छ ।
गैर आवासीय नेपाली संघ साइप्रसले यिनै बिबिध समस्याहरुलाई आफ्नो प्रमुख दायित्व महसुस गर्दै:
– साइप्रसमा नेपाली श्रमिकहरुको न्युनतम तलब वृद्धि
– सामाजिक सुरक्षा भत्ता फिर्ता
– नेपाल सरकार र साइप्रस सरकार बिचको (G to G प्रणाली) नेपाली श्रमिक साइप्रस पठाउने प्रक्रिया
लगायतका अन्य नेपाली श्रमिकहरुले नियम कानुन अनुरुप नै पाउनु पर्ने आधारभूत सेवा सुविधाहरु निश्चित गरि हामी सम्पूर्ण नेपाली समुदाय र भविष्यमा कामदारको रुपमा साइप्रस आउन चाहाने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको हक हित र सेवा सुविधाहरु सुरक्षित गराउनको लागी बृहत हस्ताक्षर संकलन कायक्रम आयोजना गरेर नेपाल सरकार समक्ष बुझाउने अभियान गरिरहेका छौ ।
समय सापेक्ष पारेर हामी तपाइहरु सम्पुर्णको शहरमा आइरहेका छौ । कृपया सम्पुर्ण नेपाली समुदायलाई यो अभियानमा सरिक भएर हामी र भविष्यमा साइप्रस आउने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको लागी हकहित र सेवा सुविधाहरु सुरक्षित गर्न सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपाईहरुको
कुन्दन कार्की
गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद, साइप्रस
अध्यक्ष

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु