बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

नवल खड्काको चलचित्र ‘काँडेतार’ लाई शीर्ष नेताहरुले दिए सफलताको शुभकामना, कसले के भने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २५ गते, बुधबार १७:२६

काठमाडौं, २५ साउन । विभिन्न दलका नेताहरुले कलाकार नवल खड्काले निर्माण गरेको चलचित्र ‘काँडेतार’ को सफलताको शुभकामना गरेका छन् । देशभक्तको भावनाले ओतपोत रहेको उक्त चलचित्र छिट्टै प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा आउनुपुर्व निर्माण पक्षले आज (बुधबार) ‘चलचित्र काँडेतार, नेपाल र छिमेकीसँगको सम्मुनत सम्बन्धको लागि प्रस्तावना’ कार्यक्रमको आयोजना गरेको थियो ।
रिपार्टर्स क्लब नेपालमा आयोजित विशेष कार्यक्रममा बोल्ने वक्ताहरु एमाले नेता डा. भीमबहादुर रावल, माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, कांग्रेस नेता रामहरि खतिवडा र नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले उक्त चलचित्रको सफलताको कामना गरेका हुन् ।
नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले भारतसँगको सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्ने बताएका छन् । रावलले सुरुवातमै ‘शरिर देशको सिमाले बन्छ, जनता आत्मा हुन्, स्वाधिनताभित्र अस्तित्व रहन्छ, देशभक्ति उच्च झन’ बोलको कविता वाचन गरेका थिए ।
उनले सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको बताए । उनले भने,‘आफ्नो देशको सुरक्षाको लागि सबै देशले सिमाना बलियो बनाएको छन् । हामीले काँडेतार, पर्खाल लगाएपनि हुन्छ । भियाना महासन्धिअनुसार सिमा लागु गरेर पनि सिमाको सुरक्षा हुनसक्छ । हामीले हाम्रो देशको प्रधानसेनापतिको अभिव्यक्ति पनि सुन्यौं । नेपाली सेना हाम्रो भरपर्दो शक्ति हो । प्रधानसेनापतिले एउटा कार्यक्रममा भन्नुभयो–हाम्रो देशको सिमनामा काँडेतार लगाउनुपर्छ । उहाँले भन्नुको अर्थ, सिमानाले अब पूर्ण सुरक्षा खोजिरहेको छ भन्ने हो । मलाई पनि यो लागेको छ ।’
रावलले धेरै राष्ट्रहरुले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेश गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्छ । उनले भने,‘हाम्रो छिमेकी भारतले पनि उसको सिमानामा काँडेतार लगाएको छ । सिमा सुरक्षा नभएसम्म नागरिक ढुक्क हुने भावना हुँदैन्, त्यसैले राज्यले सिमा नियमन र नियन्त्रणको लागि काम गर्नुपर्छ । सिमा नियमन गर्नको लागि थुप्रै कानून र सन्धि छन् । सबै देशले सार्वभौम देशले आफ्नो सिमाना नियन्त्रण गरेको हुन्छ । अमेरिका र क्यानडामा पनि खुला सिमाना छैन् । अनुमति लिएर जानुपर्छ । भारत र चीनको बीचमा बसेको देश हो, नेपाल । सिमानालाई अन्तर्राष्ट्रिय कानूनअनुसार नियमन गर्नुपर्छ ।’
उनले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको स्मरण गराउँदै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्नेमा जोड दिए । उनले भने,‘भारतसँग सुमधुर सम्बन्ध कायम होस । सिमानामा हाम्रा दशगजा मिचिएको छ । हाम्रा ७७ वटा भन्दा बढि ठाउँमा अतिक्रमण भएको छ । यदि हामीले समयमै सिमाना नियमन नगरे, ठूलो समस्या उत्पन्न हुन्छ । सबै देशसँग रोटीबेटी गरे भयो नि त । हाम्रो सिमाना खुला राख्नुहुँदैन् । चीनसँग पनि हामी त्यही चाहन्छौं ।’ रावलले नागरिकता विद्येयकको पनि विरोध गरे । उनले अहिले ल्याईएको नागरिकता विद्येयकको पनि विरोध गरे । उनले भने,‘यो नेपालीहरुलाई अल्पमतमा पार्ने षड्यन्त्र हो ।’
उता, नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङले चलचित्रको माध्यमबाट राष्ट्रिय स्वाधिनताको रक्षाको लागि ठूलो योगदान पुगेको बताएका छन् । उनले भने,‘म यो चलचित्रको सफलताको कामना गर्दछु । नेपालको स्वाधिनताको यात्रामा यो चलचित्र ऐतिहासिक कडीको रुपमा रहेको छ । नवलजीले यसअघि दशगजा फिल्म पनि बनाउनुभएको छ।’
उनले विश्वका सबै मुलुकका सिमाना नियन्त्रित र व्यवस्थित् रहेको भन्दै नेपालले पनि आफ्नो सिमाना व्यवस्थित् राख्नुपर्नेमा जोड दिए । उनले भने,‘विश्वका सबै देशका सिमाना व्यवस्थित् छन्, त्यहाँ पासपोर्ट र भिसाको व्यवस्था छ । भारतसँग भने नपालको खुला सिमाना छ । १९५० को सन्धिले खुला रुपमा आवातवाजात कायम रहेको छ । अहिले नेपालमा जनसांख्यिक अतिक्रमण बढेको छ । भारत विशाल जनसंख्या भएको देश हो । नेपालमाथि जनसांख्यिक अतिक्रमण बढेको छ।’
उनले अहिले देशमा नागरिकताका समस्या पनि आएको गुनासो पोखे । उनले भने,‘राष्ट्रियताको मुद्दा विश्व साम्राज्यवादसँग जोडिएको छ । नेपालको रक्षा र सुरक्षा हुन सक्ने कि नसक्ने ? नेपाल युक्रेन हुने खतरा छ । । तत्काल सैन्य युद्धको खतरा छ । यद्धको बढेको छ । हामी सबैखाले बाहृय हस्तक्षेपको विरुद्धमा लड्नुपर्छ । यसको लागि सबै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन् ।’
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपालले आफ्नो सिमानालाई व्यवस्थित् गर्नुपर्नेमा जोड दिए । उनले प्रत्येक नेपालीहरुको मस्तिष्कमा सिमानाको रक्षाको लागि काँडेतार लगाउनुपर्नेमा जोड दिए ।
उनले भने,‘आज महान दिन हो । सिमानामा काँडेतार लगाउनुपर्छ भनेर चर्चा गर्ने दिन, र मिडियाले धेरै नै कभरेज गरेको देखिएको छ । मेरो मित्र नवलजीले सिमानामा काँडेतार लगाउने अभियान सुरु गर्नुभएको छ । म यसको सदस्यता लिन्छु । उहाँको अभियानमा सक्रियताका साथ लागेको छु । देश जोगाउने र सिमाना जोगाउने जिम्मेवारी हाम्रो हो ।’
खतिवडाले नेपालका नेताहरुलाई देशको चार किल्ला यहाँ छ भनेर पक्का थाहा छ त ? भनेर प्रश्नसमेत तेर्साए । उनले भने,‘हाम्रो चार किल्ला कहाँ त ? हामीले मेची र काली त भन्यौं । मेची र कालीभत्रिका भूभाग छ त ? यो देखाएमात्रै नेताहरु क्रान्तिकारी ठहरिनेछन् ।’
उनले छिमेकीसँगको सिमा विवादको विषयमा राज्य सक्ता मौन र निःशब्द रहेको बताए । उनले भने,‘राज्य सत्ता त छिमेकसँग सानोतिनो वक्तव्यवाजी मात्रै सिमित छ । राजनेताहरु विदेश भ्रमणमा जान्छन्, सौहार्दपूर्ण वार्ता भयो भन्न्नुहुन्छ । तर, सिमा विषय उठाएको देखिँदैन् । यो हाम्रो देशको विडम्बना छ । सिमानामा काँडेतार लगाउनुभन्दा, देशका नेता, सेना, प्रहरी, बुद्धिजिवीहरुले आफ्नो मस्तिष्कमा काँडेतार लगाउनुपर्छ । मुसा प्रवृत्ति आफ्नै देशभित्र छ । छातीमा नागरिकता टाँसेर मात्रै कोही नेपाली हुँदैन् । नेपाली हुनको लागि माटोको लागि लड्ने स्वाभिमान र ईच्छाशक्ति हुनुपर्छ । आज सार्वभौमसत्ता, सिमानामाथिको अतिक्रमण, राजनीतिमा भएको माईक्रोम्यानेजटबाट हामी असाध्यै प्रताडित छौं । सिमाना नियन्त्रण गर्दा अपराधिक गतिविधि नियन्त्रण गर्न सक्छौं ।’
आफ्नै चुच्चे नक्शाको जिम्मेवारी लिन नसक्ने देशको राजनीतिक परिस्थितिले देशको सिमाना नजोगाउने उनको टिप्पणी छ । उनले भने,‘यसको लागि राष्ट्रिय सहमति आवश्यक छ । लिम्पियाधुरा मेरै हो भन्ने राष्ट्रको इच्छाशक्ति हुनुपर्छ । काँडेतार लगाऔं । सिमाना नियमन गरौं । भारतीय, चिनियाँ, अमेरिकी, भुटानी वा अरु कुनै देशका नागरिक, जो दक्षिण ढोकाबाट प्रवेश गर्नेहरुलाई रेकर्डमा रहँदैन भने कसरी सिमा व्यवस्थापन हुन्छ ? सिमानामा काँडेतार लगाउनुपर्छ भनेपनि त्यो लगाऔं । पासपोर्ट पनि जारी गरौं । तर, सिमा नियमन गरौं । केही भएन भने नेपालमा खुला सिमाना प्रयोग गर्नेहरुको लागि दर्ता किताबमा रेकर्ड राखौं ।’
त्यस्तै, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको सुनाए । उनलेभ ने,‘जब राष्ट्रियतामाथि प्रहार हुन्छ, त्यसलाई जागाउनका लागि सबैले आ–आफ्नो सेक्टरबाट बचाउने प्रयास गर्नुहुन्छ । देशको राष्ट्रियता, एकता, अखण्डता, मातृभूमिको मायाप्रतिको माया हामीलाई अरुभन्दा धेरै लाग्छ । हामीले संविधान निर्माण गर्यौं । संविधान सबैको बनायौं । महिला, दलित, मधेश, जनजातिको प्रतिनिधित्व गर्यौं । संविधान जारी हुँदा, नेपालमा वारी खाना खाएर पारी गएर ढुंगा हान्ने काम पनि भयो । वारी खाना खाएर पारी पुगेर ढुंगा हान्नेहरु पनि अहिले संविधान मान्न बाध्य भएका छन् । यो महत्वपूर्ण कुरा हो ।’
खतिवडाले नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिने काम भएको भन्दै गुनासो पोखे । उनले आफूहरु नेपालको एक ईन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको सुनाए । उनले भने,‘प्रत्येक नेपाली सिमानामा काँडेतार भएर उभिनुपर्छ । संसारमा आज बर्लिनको पर्खाल ढलेको छ । काँडेतार हाम्रो मनमनमा र भावनामा जाग्नुपर्छ । यो चलचित्रले पनि यही भाव बोलेको छ। हामी काँडेतारभन्दा तिखो छौं र हौं भन्नुपर्छ । यो भावनाको विकास गर्नुपर्छ ।’
राष्ट्रियताको मामिलामा तत्कालिन प्रधानमन्त्री किसुनजीले भारत भ्रमण गर्ने बेलामा पनि आफ्नो अडान स्पष्ट रुपमा राखेको उनले स्मरण गराए । उनकाअनुसार किसुनजीले राष्ट्रियता र एकताको सवालमा कुनैपनि मानेमा नेपालले कसैसँग पनि सम्झौता गर्दै भनेर भनेका थिए ।
उनले नेपाली भूमि रक्षाको लागि उक्त फिल्मलले उत्प्रेरणा जगाउन सफल होस भन्ने कामना पनि गरे । उनले भने,‘नेपाली भूमिको रक्षार्थ सबै काँडेतार भएर उभिन सकौं । म यही शुभकामना दिन चाहन्छु ।’
काँडेतारका नायक तथा निर्माता नवल खड्काले आफूहरुले देशको सिमाना रक्षाको लागि चलचत्रि बनाएको र वर्षौदेखि अभियान चलाउँदै आएको सुनाए । उनले खुला सिमाना नेपालका लागि घातक छ भन्ने कुरा घामजत्तिकै छर्लङ भएको टिप्पणी गरे ।
उनले भने,‘काँडेतार चलचित्र बनिसकेको छ । देशभक्तिपूर्ण चलचित्र बनाउँदा राज्यबाट पाउनुपर्ने साथ र सहयोग पाएका छैनौं । दशगजा, भीमदत्तजस्ता फिल्ममा सेन्सर लगाउने काम भएको थियो । देशभक्तहरुमाथि प्रहार हुने गरेको छ । पुर्खाहरुले लडेर जोगाएको भूमि हामीले जोगाउनुपर्छ । यदि हामीले समयममै यी कुरा समाधान गर्न सकेनौं भने हाम्रो नियती प्यालेस्टाईनजस्तो हुन्छ । समुन्द्र नभएका देशहरुले काँडेतार लगाएका छन् । सिमानामा काँडेतार नहुँदा कोरोनाकालमा महामारी छिर्ने सुरुङमार्ग भयो । यो चलचित्र जनजनमा पुग्नुपर्छ । यो प्रस्तावलाई चलचित्र हेरेर अनुमोदन गर्नुपर्छ ।’
कार्यक्रमको सञ्चालन भने पत्रकार नारायण शर्माले गरेका थिए । उनले भारतसँगको सिमानामा काँडेतार लगाउनुपर्छ भनेर देशभक्तिपूर्ण भावका साथ चलचित्र नायक तथा सामाजिक अभियन्ता नवल खड्काको ‘सिमानामा काँडेतार’ पहलकदमी चलिरहेको सुनाए । उनले भने,‘यही अभियानस्वरुपम काँडेतार भन्ने राष्ट्रवादी भावको चलचित्र पनि निर्माण भएको छ । केही समयपछि हाम्रो बीचमा आउदैछ ।’ कार्यक्रममो समन्वय भने गायिका सत्यकला राईले गरेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु