दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य तथा श्रम तथा रोजगार विभाग प्रमुखमा श्रेष्ठ मनोनित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २६ गते, बिहीबार १५:५६

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल राष्ट्रिय महाधिबेसन आयोजक कमिटिको दोस्रो पूर्ण बैठक मार्फत युवाहरुका ढुकढुकी, प्रेरणाको श्रोत, युवा ब्यबसायी, समाजसेवी तथा युवा नेता क. प्रतिक श्रेष्ठ राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्यमा तथा श्रम तथा रोजगार विभागको प्रमुख मनोनित भएका छन्।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष क. केपी शर्मा ओली, बिशेष अतिथिहरुमा क. इश्वर पोखरेल, क.सुबाश नेम्बाङ्ग, क. प्रदिप ज्ञवाली लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

क. प्रतिक एक निडर स्पष्ट बक्ता र स्वच्छ छबि भएको युवा नेताको रुपमा नेकपा एमाले भित्र आफ्नो बलियो पकड बनाउदै आफ्नो राजनीतिलाइ जनमुखी बनाउदै मुर्त रुप दिन हर समय लागिपरेका छन् । पार्टी भित्रको कुनै पनि काम गर्न पछि नहट्ने संगठन निर्माण देखि नेतृत्वदायी भुमिका सम्ममा आफुलाई अब्बल रुपमा उभ्याउन सफल र एक समाजसेवीको समेत परिचय बनाउन सफल युवा नेता श्रेष्ठ सधै जनता र सर्बसाधारणको काम गर्न रुचि राख्दछन । देश र समाजलाइ परिबर्तन गर्न आफै बाट सुरुवात गर्नु पर्छ भन्ने सोच लिएका श्रेष्ठले युवाहरुलाइ एक ढिक्का बनाउदै ससक्त रुपमा आफु अगाडी बढ्ने बताएका छन्। एक्सन ओरेन्टियड छवि बनाएका श्रेष्ठ अब आउदा दिनहरुमा समाजमा भएका कुरीतिहरु बिरुद्द लड्दै जाने र पार्टी भित्र र बाहिर पनि ससक्त आवाज उठाउदै जाने कुरा समेत उनि बताउछन।

बिगत लामो समय देखि राजनीतिमा सक्रिय क. प्रतिक श्रेष्ठ युवाहरु माझ लोकप्रिय नेताको रुपमा परिचित छन्। काठमाडौं क्षेत्र न. ४ मा बसोबास गर्दै आएका युवा नेता श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय रुपमा लागिपरेका छन्। काठमाडौं क्षेत्र न. ४ का जनता माझ लोकप्रिय युवा नेताको छबि बनाएका श्रेष्ठ भबिष्यको त्यस क्षेत्रका उदयिमान नेताको रुपमा राम्रो पकड बनाएका बलिया प्रतिश्प्रधि समेत हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु