• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    भारतले कर लगाउन खोजेपछि इलामका चिया व्यवसायी राजधानीमा, तत्काल समस्या समाधान गर्न सरकारसँग माग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार १८:३६

    काठमाडौं, २६ साउन । इलाममा उत्पादन भएको चिया भारत निर्यातमा ९५ प्रतिशत छुट हुँदै आएकोमा भारतले नेपाली चियालाई करको दायरामा ल्याउन खोजेको भन्दै चिया व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् ।
    आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले भारतको राज्यसभा र लोकसभामा पेश भएको नेपाली चियाको निर्यातलाई प्रभावित पार्ने नीतिलाई तत्काल रोक्न पहलका लागि सरकारसमक्ष माग गरेका हुन् ।
    चियासँग सम्बन्धित अन्य समस्याहरुको दीर्घकालिन समाधान गर्न पनि उनीहरुले सरकारलाई आग्रह गरेका छन् । चिया व्यवसायीहरुले भारतीय बजारमा शतप्रतिशत छुट भई चिया निर्यात हुँदै आइरहेको भन्दै अहिले बिना कुनैपनि जानकारी भारतीय चिया निकायले बाणिज्य सन्धिविपरित नेपाली चियाको निर्यातलाई दुरुत्साहन गर्न खोजेको आरोप लगाएका छन् ।
    विश्व बजारमा लोकप्रिय इलामका चियालाई गुणस्तरहिन चियाको संज्ञा दिई विभिन्न बहाना बनाउँदै करको दायरामा ल्याउने प्रस्ताव भारतको राज्यसभा र लोकसभामा पेश गरेको भन्दै व्यवसायीहरुले आपक्ति जनाएका हुन् ।
    नेपाल सरकारको उच्च राजनीतिक संवादमार्फत कुटनीतिक पहल गरी समस्याको समाधान गर्नका लागि व्यवसायीहरुले नेपाल सरकारसमक्ष आग्रह गरेका छन् ।
    चिया भारत निर्यात नभएमा १५० भन्दा बढी उद्योग बन्द हुने व्यवसायीहरुको चिन्ता छ । उनीहरुले राष्ट्रको ठुलो लगानी धरासयी हुने, चिया खेतीमा आश्रित २६ हजार कृषकहरु आयविहिन हुने, ८० हजार चिया मजदुर बेरोजगार हुने भयावह स्थितिको श्रृजना हुने पनि निश्कर्ष निकालेका छन् ।
    इलाम जिल्ला नेपालको अर्थोडक्स चियाको उत्पादन गर्ने मुख्य जिल्लाको रुपमा रहेको छ । कुल अर्थोडक्स चिया उत्पादनको ९० प्रतिशत उत्पादन हुने इलाममा १३ हजार हेक्टर चिया क्षेत्रको विकास भई अर्थोडक्स, ग्रिन र स्पेशन चियाको उत्पादन हुने गरेको छ ।
    त्यस्तै, चिया खेतीमा २६ हजार कृषकहरुको सम्लग्नता रहेको र ८० हजार भन्दा बढीले ग्रामिण रोजगारी पाएको व्यवसायीहरुको भनाई छ
    पत्रकार सम्मेलनमा सुर्योदय टि प्रोडक्सन एसोसिएसनका अध्यक्ष उत्तम कुमार श्रेष्ठ, सदस्य सुमित श्रेष्ठ, कोषाध्यक्ष महेश अर्याल, सल्लाहकार पुनम राई र नेपाली कांग्रेस इलाम जिल्ला सभापति डम्बर खड्काले भारतको कारण व्यवसायीहरु मर्कामा परेको आफूहरुको मर्का बुझ्न आग्रह गरेका छन् । उनीहरुले तत्काल आफूहरुको माग पूरा गर्नको लागि सरकारले पहलकदमी लिओस भन्ने धारणा राखेका थिए ।
    पुनम राईले आफूहरुको चिया जापान, जर्मन, फ्रान्स गएको सुनाए । उनले आफूहरुको चियालाई भारतले कसरी निम्न गुणस्तरको चिया भनेको भन्दै ? प्रश्न गरे । उनले भने,‘हाम्रो चिया न्युनस्तरको छँदैछैन् ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु