नुवाकोट ।तारकेश्वर गाउँपालिकाको कार्यालय भवन वडा नं १ दानसिङस्थित दशैडाँडामा स्थानान्तरण गरिएको छ । यसअघिसम्म भाडाको भवनमा कार्यालय रहेकोमा गाउँपालिकाले सामुदायिक भवनको मर्मत संभार गरी त्यहीबाट सेवा सुरु गरेको हो । गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल )ले आज एक कार्यक्रमकाबीच कार्यालय भवनको उद्घाटन गर्नुका साथै सेवाको समेत शुभारम्भ गर्नुभएको हो ।
सामुदायिक भवनमा प्रयाप्त पार्किङ, शौचालय, पानीलगायतका सबै सेवासुविधा छन् । भौतिक संरचना समेत राम्रो रहेकाले नागरिकको सेवाका आगामी दिनमा थप सहज र प्रभावकारी हुने उहाँँको विश्वास छ ।
यो सामुदायिक भवनमा कार्यालय सारेसँगै गाउँपालिकाले यसअघि बार्षिक ८ लाख रुपैयाँ कार्यालय भाडा तिर्दै आएकोमा त्यो रकम समेत बचत हुनेछ ।