टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २७ गते, शुक्रबार १९:१३

२७ साउन ,काठमाडौं ।ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० साउनमा हुने निर्वाचनमा प्रथम उपाध्यक्ष पदमा देवेन्द्र पोखरेलले उम्मेदवारी दिएका छन ।

पोखरेलले अध्यक्षका उम्मेदवार रामप्रसाद सापकोटा (कमल) को समुहबाट प्रथम उपाध्यक्ष पदमा उम्मेदवार दिएका हुन् ।नेपाल हाई प्वाइन्ट ट्रेकिङ एक्सपीडिसन प्रालि को निर्देशक पोखरेल विगत लामो समय देखि पर्यटन व्यवसायमा सक्रिय हुनुहुन्छ ।

सफल उद्यमीको रुपमा परिचित हुदै सामाजिक सेवामा समेत सक्रिय पोखरेल लाजिम्पाटमा रहेको कोथिना मिठो छ हस्पिटालिटी स्कूलले होम संस्थाको सिईओ समेत हुनुहुन्छ ।

प्रथम उपाध्यक्ष पदका उम्मेदवार पोखरेलले टान प्रशासनलाई मितव्ययी र पारदर्शी रुपमा सञ्चालन गर्दै संस्थालाई आर्थिक रुपमा सवल बनाउन पहल गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन। दीगो पर्यटन विकासको अवधारणालाई सघाउन गुणस्तरीय पर्यटन सञ्चालनका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने।
त्यसैगरी, हाल करको दायरामा नआएका ईन्टरनेशनल अनलाईन बुकिङ प्लेटफर्म (ओटिए) लाई करको दायरामा ल्याउन नीतिगत व्यवस्था गर्न सरकारसँग पहल गर्ने आफ्नो विशेष एजेण्डा रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु