• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    १८ वडाबाट एसईई उतिर्ण २४ विद्यार्थी सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १६:२९

    ललितपुर । ललितपुर महानगरपालिका–१८ ले बिसं २०७८ सालको एसईई परीक्षा उतिर्ण २४ जना विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सो वडामा स्थायी वसोबास गर्ने विद्यार्थी हुन । वडा अध्यक्ष दामोदर खड्का र सदस्यहरु राधिका रोक्का, गोपाल डंगोल र निरज कुँवरले सम्मान गर्नुभएको थियो । सबैलाई सल र वुद्धको प्रतिमाले सम्मान गरिएको हो ।
    सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले एसईई उतिर्ण विद्यार्थीलाई शुभकामना दिदै आर्थिक अभावको वा अन्य कारणबाट पढाई पुरा गर्न नसक्ने अवस्था आए वडाले सहयोग गर्ने बताउनुभयो । उहाले वुवाआमा, आफ्नो र साथीभाइको लहलहैमा विद्यालय छनौट गर्ने भन्दापनि विद्यालयले विगतमा गरेको सफलताको आधारमा छनौट गर्न आग्रह गर्नुभयो ।
    जसरी अध्ययन गरेपछि उत्कृष्ठ स्थान ल्याउनेगरी अध्ययन पुरा गर्न आगह गर्दै अध्यक्ष खड्काले भन्नुभयो–वडाले गरेको यो सम्मानको सार्थकता त्यतिबेला हुन्छ , उत्कृष्ठ अंक ल्याएर वडाको सान राख्न सकुन । उहाले अध्ययनपछि विदेश जाने वातवरणको अन्त्य गर्नुपने बताउदै नेपालमा रहेका उत्कृष्ठ कलेजमा अध्ययन गरेर नेपालीको पहिचान बनाउन सिक्नुपर्छ । उहाले एसईई सम्मन कार्यक्रमलाई आगमी वर्षमा पनि निरन्तरता दिने बताउनुभयो ।
    कार्यक्रममा वडा सदस्य गोपाल डंगोलले वडा कार्यालयले आब्हान गरे बमोजिम २४ जना विद्यार्थीलाई सम्मान गरिएको जानकारी दिनुभयो । उहाले यस्ता सम्मान कार्यक्रममालाई आगामी वर्षमा निरन्तरता दिने बताउदै आगामी वर्षबाट सम्भव भएसम्म उत्कृष्ठ विद्यार्थी छनौट गरी आर्थिक सहयोग गर्ने बताउनुभयो । समाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरिएको जानकारी गराउनुभयो ।
    श्रीवालकुमारी आधारभुत विद्यालयका प्रधानअध्यापक कृष्णहरी थापाले वडामा स्थायी वसोबास गर्ने एसईई परीक्षा उतिर्ण गर्ने विद्यार्थीलाई सम्मान गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिनुभयो । उहाले वडामा रहेको एकमात्र आधारभुत विद्यालयलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । हाम्रो विद्यालयबाट कक्षा ७ उतिर्ण गरी तथथीन वर्ष अघि आदर्श शौल विद्यालयमा गएका मध्य ६ जना विद्यार्थीले उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको बताउनुभयो ।
    उहाले भन्नुभयो–तपाईहरु अहिले काचो माटो जस्तै हुनुहन्छ । अबको बाटो सहजढंगले पार गरे उज्वल भविश्य बनाउन कुनै कठिन हुदैन सम्मानित विद्यार्थीलाई शुभकामना दिदै प्रअ थापाले भन्नुभयो । कार्यक्रममा पत्रकार ईश्वरराज ढकालले सम्मानित विद्यार्थीलाई शुभकामाना दिनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु