• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित चम चम ३ को म्युजिक भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार ०६:३४

    काठमाडौं । मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित चम चम ३ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार बौद्धको पिपलबोटस्थित सेकुवा जक्सनमा पत्रकार सम्मेलन गरि उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

    हेरुका लामाको अफिसियल युटुब च्यानल हेरुका लामा अफिसियलबाट बजारमा ल्याएको उक्त गीतलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङले क्लिक गरी भिडियोको रिलिज गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै महानायक दोङले चम चम -०३ गीतको म्युजिक भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । उनले हेरुका लामासँग सहकार्य गरेर काम गरेको २ वर्ष भएको र हेरुकाले कामलाई गम्भीर र राम्रो ढंगले गरेको बताए ।

    निर्देशक एंव मोडल हेरुका लामाले भिडियोमा फरकपन ल्याउने कोसिस गरिएको बताए । उनले तामाङ सांगीतिक क्षेत्रमा इट्टा थप्ने काम भएको बताए ।”तामाङ सांगीतिक क्षेत्रलाई थप अघि बढाउन यो भिडियोले मद्धत गर्नेछ ,तामाङ सांगीतिक क्षेत्रमा इट्टा थप्ने काम भएको हो भन्ने मलाई लाग्छ ।”निर्देशक एंव मोडल लामाले चम चम गीतको सिरिज ६ सम्म आउने जानकारी समेत गराए ।

    प्रतीक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन, गायक बेनु लामा र गायिका सिर्जना स्याङ्तानले गाएकी हुन । दिपेश प्रधानले मिक्सिङ गरेको गीतलाई स्टुडियो एचडिमा रेकर्ड गरिएको हो ।

    हेरुका लामा, रश्मिला तामाङ, दिनेश लामा र सोनी गोलेको अभिनय समेटिएको उक्त गीतको म्युजिक भिडियोलाई रोनिश तामाङ्ले छायांकन गरेका हुन भने पेम्जोङ लामा र भारती तामाङले निर्माण गरेका हुन । हेरुका लामाले नैकोरियोग्राफी र निर्देशन गरेको उक्त गीतलाई बज्र ङेसुरले सम्पादन र कलरसम्पादन गरेका हुन । भिडियोमा कुइसाइ रुम्बा र कुमार लामालाई अतिथीकलाकारको रुपमा देख्न सकिन्छ । बाल कलाकार सयाङ गोलेको पनि अभिनयस्मेटिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु