एनआरएनए अध्यक्ष आरके शर्मा र महासचिव बुद्दी सुवेदीद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्ररेडियन्ट सेमिफाइनलमाएन्जल्स हार्ट बास्केटबलको फाइनलमासानलाई अझ मजबुत बनाउन आवश्यक– सदस्य–सचिवनेप्सेम्याक सन्देश सार्वजानिकीकरण तथा कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न"रोटरी क्लब अफ कपनको डिजी भिजिट कार्यक्रम सम्पन्न"आज मंसिर २१ गते बिहीबार हेर्नुस् राशिफलनेत्रहिन क्रिकेट प्रतियोगिताको उपाधि वाग्मति काठमाडौलाईअपाङ्गता भएका महिलाहरू विरुद्धको हिंसा, नीतिगत सवाल र न्यायमा पहुँच विषयमा कार्यशाला गोष्ठीको आयोजनाब्लड क्यान्सबाट पीडित बालकको उपचारमा सहयोगको अपिल

आर्मीको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २९ गते, आईतवार १९:१०

काठमाडौं, साउन २९ गते ।विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुआत गरेको छ ।
नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले ३५ अंक जोडे ।
नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै शंकरदेव क्याम्पसले आयोजक नखिपोट ‘बी’ लाई ६२–५५ ले हरायो । विजयी टिमका लागि मनीषले ३१ स्कोर गरे ।
प्रतियोगिताको पुरुषमा १२ टिम सहभागी छन् । सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । महिलामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष २ टिम पुनः उपाधिका लागि भिड्ने छन् ।
पुरुषमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिलामा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् । दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई नगद ५ हजारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ । फाइनल भदौ ७ गते हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु