• नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यतानवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहलआज मिति २०७९ असोज २१ गते, शुक्रवारको राशिफलआज मिति २०७९ असोज २० गते, बिहीवारको हेर्नुस् राशिफलआज विजया दशमी : टीकाको साईत ११ बजेर ५१ मिनेटमा, यस्तो छ महत्वचाडपर्वमा घर जान नपाउने फौजीको पीडामा पुष्पनको ‘लाहुर’बडादशैंमा मनमुरी कृषि सहुलियत मिट मार्टको सहुलियत बजारपरिवारसँग रमाइलो गर्नुका साथै आफन्त तथा इष्टमित्रहरुसँग भेट गरेर दसैं मनाउने मेरो योजना छ- बरिष्ट सौन्दर्यबिद महराआज बडा दशैँको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैआज मिति २०७९ असाेज १६ गते, आइतवारको राशिफल

    निकेनलाई स्वर्ण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १९:१४

    काठमाडौ ।कान्तिपुर पिङपोङ क्लबका निकेनमान प्रधानले १६ औं हरेराम जोशी स्मृति टेबलटटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।
    पाटनस्थित गोड स्पिन टेबलटेनिस एकेडेमीमा भएको फाइनलमा निकेनले कीर्तिपुरका जयराम महर्जनलाई ११–८, ९–११, ११–७, ६–११ र ११–९ ले पराजित गरे । ललितपुरका राजु शाक्य र एनिज पिङपोङका रक्त मानन्धर तेश्रो भए ।
    भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा खोल्चापुखु क्लबका नदिम शाक्यले च्यासलका किरण ब्यञ्जनकारलाई ११–७, ११–९, ९–११ र ११–८ को सेटमा हराउदै पहिलो भए । गोड स्पिनका रोशन शाक्य र १९८० क्लबका किरणमुणि ब्यञ्जनकार तेश्रो भए ।
    भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौंकी इन्दिरा पराजुली प्रथम, सम्झना पोखरेल द्वितीय र यसोदा घिमिरे र विपना घिमिरे तृतीय भए ।
    हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा कान्तिपुर पिङपोङ क्लबका जगदीश्वर जोशी पहिलो, दाङका अग्र विष्ट दोश्रो र विष्णु पराजुली तेश्रो भए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु