देशभर पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण २९ गते, आईतवार १९:३३

२९ साउन, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४८२९ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३०२ रहेको छ भने यसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको निधन भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु