दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्रिनफिल्डलाई दोहोरो सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण ३१ गते, मंगलवार ७:२५

काठमाडौ ।आयोजक ग्रिनफिल्डले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो सफलता हात पारेको छ । ग्रिनफिल्डको सिनियर र जुनियर दुवै ब्वाइज टोलीले जित हात पारे ।
सिनियरमा ग्रिनफिल्डले काठमाडौं भ्यालीलाई ४३–३५ ले पराजित ग¥यो । ग्रिनफिल्डका सशांक कार्कीले १८ अंक जोडे । जुनियरमा अंकित सुनारको ९ अंक सहयोगमा ग्रिनफिल्ड ‘ए’ ले नेरिकलाई १८–१२ ले हरायो ।
सिनियर ब्वाइजको अन्य खेलमा नेरिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १९–१०, किङडम हिमालयले हेम्सलाई ६४–५२, महामञ्जुश्रीले पुष्प सदनलाई ३३–२० र काठमाडौं जेभियरले एलआरआईलाई ३०–१७ ले पाखा लगाए ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले इबीएलाई १६–८, संस्कृतिले ग्रिनफिल्ड ‘बी’ लाई १२–१० र महामञ्जुश्रीले हिमालयनलाई १४–११ ले पन्छाए । सिनियर गल्र्समा संस्कृतिले ग्रिनफिल्डलाई २२–१० तथा काष्ठमण्डपले हेम्सलाई २४–१३ ले पराजित गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु